ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिराले पाइप बगाउँदा खानेपानी अभाव


एबीसी न्यूज
३० असार २०७६, सोमबार   २ : ४५   बजे

 

काठमाडौं, ३० असार । केही दिनदेखिको अविरल वर्षापछि आएको पहिरोले खानेपानी पाइप बगाउँदा तनहुँको देवघाट गाउँपालिका–५ मा खानेपानी अभाव भएको छ । धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा ल्याइएको खानेपानीको पाइप पहिरोले बगाएपछि त्यस क्षेत्रमा खानेपानी अभाव भएको हो ।

मुग्लिङ नारायणगढ सडकखण्डको १७ किलोमा झरेको पहिरोले बिहीबार राति खानेपानीको पाइप बगाएपछि देवघाटमा खानेपानी अभाव भएको देवघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक भोजराज नैनाबस्तीले जानकारी दिनुभयो ।

नैनाबस्तीका अनुसार पहिरोले करीब ५० मिटर पाइप बगाएर त्रिशूली नदीमा खसालेको छ । देवघाट क्षेत्रमा खानेपानी आपूर्तिका लागि भरतपुर महानगरपालिका–२९ को मौलाखोलाबाट पानी ल्याइएको थियो । उक्त खानेपानी योजनाबाट वितरित पानी देवघाट गाउँपालिका–५ का करीब तीन हजार जनताले उपभोग गर्दै आएका छन् । त्यसबाहेक देवघाट क्षेत्रका मठमन्दिर, धर्मशाला, गुरुकुल र वृद्धाश्रममा पनि उक्त पानी वितरण हुँदै आएको थियो । पानी आपूर्ति बन्द भएपछि ती सबै क्षेत्रमा समस्या भएको उहाँले बताउनुभयो ।

देवघाट गाउँपालिका–५ का अध्यक्ष यालबहादुर गुरुङले पहिरोले पाइप बगाएको कारण खानेपानी अभाव भएको बताउनुभयो । उहाँका अनुसार वडाका अन्य साना खानेपानी योजनाबाट गुजारा गरिएको र धर्मशाला र वृद्धाश्रममा ट्याङ्करबाट खानेपानी आपूर्ति गरिएको छ । उपभोक्ता समितिका व्यवस्थापक नैनाबस्तीले अस्थायी रुपमा पाइप मर्मतको काम थालिएको जानकारी दिँदै दीर्घकालीन समाधानका लागि ठूलै रकम खर्च लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu