ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी विष्टलाई


एबीसी न्यूज

 

काठमाडौं, ३० असार । कञ्चनपुरको भीमदत्तनगरमा आज सम्पन्न हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका धावक सन्तोष विक्रम विष्टले जित्नुभएको छ ।

‘दौड सुदूरपश्चिम दौड’ मूल नाराका साथ सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा भएको खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेसँगै सशस्त्र प्रहरी बलका विष्टले रु एक लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

शुक्लाफाँटा नगरपालिकाको झलारी बजारबाट शुरु भएको दौडका उपाधि विजेता विष्टले एक घण्टा १५ मिनेट ३३ सेकेण्डमा दूरी पार गर्नुभएको थियो । यसअघि भीमदत्तनगरपालिकाको आयोजनामा भएको जैविकमार्ग हाफ म्याराथन प्रतियोगितामा पनि विष्टले उपाधि जित्नुभएको थियो ।

त्यसैगरी महिलातर्फ कञ्चनपुरको भीमदत्तनगरपालिकाको गड्डाचौकीका रेखा चन्दले उपाधि जित्नुभएको छ । हाफ म्याराथनको दूरी रेखाले एक घण्टा ४० मिनेटमा पार गर्नुभएको थियो । उपाधि उचालेसँगै रेखाले पनि रु एक लाख नगदबाट पुरस्कृत हुनुभएको छ ।

त्यस्तै पुरुष हाफ म्याराथनमा नेपाली सेनाका सुमन महादेन उपविजेता बन्नुभयो । उहाँले एक घण्टा २१ मिनेटमा दूरी पार गर्दै उपविजेता बन्नुभएको हो । उपविजेता भएसँगै सेनाका सुमनले रु ६० हजार नगदसहित पुरस्कृत हुनुभएको छ । स्थानीय लक्ष्मण भण्डारी तेस्रो हुनुभएको छ । उहाँले रु ४० हजारसहित पुरस्कृत हुनुभयो भने प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका सन्तोष बोहरा चौथो भएसँगै रु २० हजारसहित प्रमाणपत्रबाट पुरस्कृत हुनुभयो ।

महिलातर्फ भीमदत्तनगरपालिकाको बागफाँटाका लक्ष्मी बम उपविजेता बन्नुभएको छ । लक्ष्मीले म्याराथनको दूरी एक घण्टा ४३ मिनेटमा पार गर्नुभयो । उपविजेता लक्ष्मीले रु ६० हजारसहित पुरस्कृत हुनुभयो ।

त्यसैगरी नेपाली सेनाका कविता जनाल र सेनाकै अमृतिनाथ तेस्रो र चौथो हुनुभयो । तेस्रो हुने खेलाडीलाई रु ४० हजार र चौथोलाई रु २० हजार प्रदान गरिएको छ । प्रतियोगिताको उपाधि विजेतालाई रु एक लाख पुरस्कार प्रदान गरिएको छ भने महिला तथा पुरुष दुवैतर्फ पाँचौँ र छैठौँ हुने धावकलाई रु १०/१० हजार प्रदान गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष लालबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com