ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेशियाविरुद्धको खेलमा नेपालको ऐतिहासिक जित


एबीसी न्यूज

 

काठमाडौँ, २९ असार । मलेशियाविरुद्धको दुई खेलेको टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई छ रनले पराजित गर्दै २–० को सहज जित हात पारेको हो । हिजो भएको पहिलो खेलमा नेपालले मलेशियालाई सात विकेटले हराएको थियो । त्यस्तै टी–ट्वान्टी सिरिजमा नेपालको यो ऐतिहासिक ‘क्लिन स्विप’ हो ।

यसअघि नेपालले टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्विप’ गरेको थिएन । आइसिसीबाट टी–ट्वान्टी अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलोपटक युइएविरुद्वको शृङ्खला २–१ ले जितेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेशियालाई १७४ रनको लक्ष्य दिएको थियो । जवाफमा मलेशिया निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६७ रनमा समेटिएको थियो ।

मलेसियाका लागि शैयद अजीजले सर्वाधिक ५० रनको योगदान दिए भने अमीनुद्वीन रामलीले २४ तथा भिरनदीप सिंह २३ रनमा बाहिरिए । त्यसैगरी मुहम्मद रियाहदत २१, अहमेद फैज १७, शफिक शरिफ १० र अरुवर अरुद्वीन सात रनमा बाहिरिए ।बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले दुई÷दुई विकेट लिए भने करण केसी, कप्तान पारस खड्का र अविनाश बोहराले एक÷एक विकेट झारे ।

त्यसअघि पहिले व्याटिङ गरेको नेपालले २० ओभरमा छ विकेट गुमाएर १७३ रनको योगफल बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले अविजीत रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शरद भेषवाकरले ४०, कप्तान खड्काले २३, रोहितकुमार पौडेलले १९, करण केसीले १६ तथा पवन सर्राफले १० रन जोडे । मलेसियाका मुहमद फिर्टी एक्लैले तीन विकेट लिए ।

आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली मलेसियाबाट सिधै सिङ्गापुर प्रस्थान गर्नेछ । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका रूपमा रहेको एशिया कपको अन्तिम खेल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा आयोजना हँुदैछ । प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् । नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ ।

उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स युएई मा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com