ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिउटीमा रहेका प्रहरीलाई समाते र कञ्चटमा गोली हानेपछि, यसरी मारिएका थिए विप्लव नेता


एबीसी न्यूज
२५ असार २०७६, बुधबार   १० : ५९   बजे

भोजपुर, २५ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पहिलो पटक सुरक्षाकर्मी माथि आक्रमण गरेको छ ।
आज विहान भोजपुर जिल्लामा एक प्रहरीलाई गोली हानेर मारेको छ ।

प्रहरीको जवाफी कारबाहीमा उसका एक नेता निरकुमार राई समेत मारिएका छन् । प्रहरीका जवान सन्दिप राई  ‘घुमुवा प्रहरी ’ थिए । उनी गस्ती टोली भन्दा केहीं अघि थिए । बुधबार विहान करिब साढे आठ बजेतिर प्रहरी नियमित गस्तीका लागि भोजपुर बजार नजिकैको हटिया भन्ने क्षेत्रमा गएको थियो ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु पनि हटिया क्षेत्रमै थिए । उक्त समूहको नेतृत्व सोलुखुम्बु स्थायी घर भएका तत्कालीन माओवादी जनयुद्धमा जनमुक्ति सेनामा काम गरेका निरकुमार राईले गरेका थिए ।
स्थानीयका अनुसार निरकुमार राईले बुधबार विहान प्रहरी गस्तीको अघिअघि रहेका सन्दिप राईलाई समाते र कञ्चटमा गोली हाने । सन्दिप राई त्यहीं ढले र उनको केहीं समयपछि मृत्यु भयो ।

आफ्ना जवानमाथि गोली हानेर हत्या गरिएपछि गस्तीमा रहेको प्रहरी टोलीले निरकुमार राईतिर फायर खोल्यो । प्रहरीले चलाएको गोली लागेर निरकुमार राई पनि मारिए । प्रहरीले भने औपचारिक रुपमा घटनाको विवरण सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिष्ट आन्दोलनमा आत्मसमीक्षा आवश्यक, प्रत्यक्ष कार्यकारी शासन नेपालका लागि उपयुक्त छैन : विद्या भण्डारी

लोकतान्त्रिक शक्ति र वाम आन्दोलन कमजोर पार्ने प्रयास भइरहेको ओलीको दाबी

सम्बन्धित

मनसुन सक्रिय हुँदै, मंगलबार र बुधबार मुसलधारे वर्षा

कागका कारण काठमाडौँमा बर्डफ्लु फैलियो

वामपन्थी र देशभक्त शक्तिको एकतामा ढिलाइ गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

महाकाली सन्धिदेखि वाम एकतासम्म : झलनाथ खनालको सरकारमाथि तीव्र प्रहार

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu