ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठौँ खेलकूदः बाँकेमा ४८ करोडका खेल पूर्वाधार निर्माण


एबीसी न्यूज
बैशाख ५, २०७६ बिहीबार  ९ : २२ बजे

राँझा, ५ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरी बाँकेमा ४८ करोडको लगानीमा अत्याधुनिक सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माण भएका छन् । नेपालगञ्जमा अत्याधुनिक र सुविधासम्पन्न फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्र्याक र जुडो हल निर्माण भएका छन् भने, बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन् ।

बाँकेमा सबैभन्दा ठूलो लगानीमा नेपालगञ्ज रङ्गशाला निर्माण भएको छ । रङ्गशालाका लागि मात्रै रु २४ करोड बजेट उपलब्ध भएको छ । रु छ करोड लागतमा फुटबल मैदान र रु १८ करोडमा भीआइपी प्यारापिट निर्माण भइरहेको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले बताउनुभयो । उहाँका अनुसार, नेपालगञ्ज रङ्गशालामा खेल्नयोग्य मैदानका लागि रु ३६ लाखको बरमुडा दुबो रोपिएको छ ।

यसले फुटबल मैदान अन्तर्राष्ट्रिय मापदण्डको बनेको छ । रङ्गशाला परिसरमा फुटबल मैदानबाहेक करोडाँैको लगानीमा पौडीपोखरी, सुटिङ रेञ्ज, भारोत्तोलन एकेडेमी निर्माणकार्य भएको छ । रु १४ करोड २८ लाख बजेटमा रङ्गशाला छेउमा पौडी पोखरी निर्माण भएको छ । त्यसैगरी रु एक करोड ५० लाखको लगानीमा सुटिङ रेञ्ज तयारी अवस्थामा पुगेको अध्यक्ष वलीले जानकारी दिनुभयो । नेपालगञ्जकै कारकाँदोमा रु दुई करोडमा जुडो एकेडेमी निर्माण भएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरी बाँकेको खजुरा सीतापुरमा रु दुई करोड ५० लाखको लगानीमा भलिबल रङ्गशाला निर्माण भएको छ ।

यसैगरी कोहलपुरमा रु एक करोड ५० लाखको लगानीमा क्रिकेट खेलमैदान तयार भएको छ । यही मैदानमा बुधबारदेखि आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत क्रिकेट खेल भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरेर निर्माणाधीन खेलकूद पूर्वाधारमा नेपालको खेलकूद इतिहासमै सबैभन्दा धेरै लगानी भएको बताउनुहुन्छ । सदस्यसचिव विष्टले नेपालगञ्जको इतिहासमै यति ठूलो लगानीमा पहिलोपटक प्रतियोगिता हुन लागेको प्रतिक्रिया दिनुभयो ।

उहाँले निर्माणाधीन भौतिक पूर्वाधारको निर्माणकार्य अधिकांश सकिएको बताउनुभयो । “भिआइपी प्यारापिटको निर्माणकार्य पूरा हुँदैछ”, सदस्यसचिव विष्टले रासससँग भन्नुभयो, “पछिल्लो प्रगति देखेर हामी निकै हौसिएका छौँ, प्रतियोगिता गर्न अब पूर्वाधार बाधक छैन, यसमा सबैले साथ दिन जरुरी छ ।” उहाँले खेल प्रतियोगिता आयोजना हुने स्थानको शतप्रतिशत पूर्वाधार निर्माण भइसकेको बताउनुभयो ।

रङ्गशाला बेलझुण्डीमा, खेल घोराहीमा

आठौँ राष्ट्रिय खेलकूदका लागि दाङको बेलझुण्डीमा रङ्गशाला निर्माण भएको भए पनि खेल भने घोराहीमा हुने भएको छ । समयमै निर्माणकार्य पूरा नभएपछि राष्ट्रिय खेलअन्तर्गत महिला फुटबल प्रतियोगिता घोराहीको भरतपुर मैदानमा हुने भएको हो । राखेपले बेलझुण्डी रङ्गशालामा महिला फुटबल प्रतियोगिताको अन्तिम खेल खेलाउने भनी संरचना निर्माण गरे पनि निर्धारित समयसम्म काम पूरा नभएपछि महिला फुटबलका केही खेल घोराहीमा हुनेछन् भने केही बेलझुण्डीमा हुने भएका छन् । हिजोदेखि राष्ट्रिय खेलकूदअन्तर्गत महिला फुटबल प्रतियोगिता दाङमा शुरु भएको छ ।

लिगका खेल घोराही र कपिलवस्तुमा हुने भए पनि सेमिफाइनल र फाइनलका खेल भने बेलझुण्डी रङ्गशालामै हुने दाङ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताउनुभयो । अर्कोतर्फ बेलझुण्डी रङ्गशालामा एथलेटिक्सका खेल हुने भएकाले पनि एकैपटक दुई खेल खेलाउन नमिल्ने भएकाले घोराहीमा फुटबल खेल खेलाउन लागिएको उहाँले बताउनुभयो । “बेलझुण्डी रङ्गशालामा एथलेटिक्स खेल पनि हुन्छ, त्यसैले हामीले बेलझुण्डीमा एथलेटिक्स खेल खेलाउने छौँ”, उहाँले भन्नुभयो, “फाइनल र सेमिफाइनलको खेल भने बेलझुण्डीमै हुनेछन् ।”

उहाँका अनुसार यही वैशाख ७ देखि ११ गतेसम्म हुने सेमीफाइनल र फाइनलका खेल उक्त रङ्गशालामै हुनेछन् । साथै बिहान घोराहीमा खेल हुने र साँझ बेलझुण्डीमै हुने गरी खेल तालिका बनाइएको समेत उहाँले बताउनुभयो । बेलझुण्डी रङ्गशाला निर्माणको काम अझै पूरा हुनसकेको छैन । फुटबल र एथलेटिक्स खेलका लागि मात्रै संचरना निर्माण भएको भए पनि अन्य संरचना निर्माणको काम भने खेलपछि मात्रै पूरा गर्ने योजना रहेको निर्माण कम्पनीका प्रतिनिधिले बताए । बुधबार राष्ट्रिय खेलअन्तर्गत तीन खेल भएका छन् । यसअघि दाङको घोराहीमा भएको टेबलटेनिस खेल पूरा भइसकेको छ भने बास्केटबल चलिरहेको छ । त्यस्तै आजदेखि कराँते, एथलेटिक्सका खेल शुरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com