ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यू–१९ विश्वकप छनोट : नेपालद्वारा सिङ्गापुरसामु २८३ रनको लक्ष्य


admin
२९ चैत्र २०७५, शुक्रबार   १ : २५   बजे

काठमाडौं,२९ चैत । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई जीतका लागि २८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लब मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनायो । सिङ्गापुरविरुद्ध बनाएको यो स्कोर यू–१९ क्रिकेटमा नेपालले बनाएको हालसम्मकै सर्वाधिक ठूलो स्कोर हो ।

खराब शुरुआत गरेको नेपालले मात्र १८ रन जोड्दा दुई विकेट गुमाएको थियो तर कप्तान रोहितकुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए । कप्तान रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेले ।

पवन ४७ रनमा आउट भए । यस्तै नेपालका लागि राशिद खानले ४८, कमलसिंह ऐरीले ३१ तथा भीम सार्कीले २६ रन बनाए । सिङ्गापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले दुई दुई विकेट लिए । नेपाल सीधै विश्वकप छनोटको दोस्रो चरण्मा सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि नेपालले सीधै दोस्रो चरणको छनोट खेल खेल्ने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको फिफा वरियताको एशियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सीधै दोस्रो चरणको छनोट खेल्न पाएको हो ।

यही अप्रिलको नयाँ वरियतामा ४६ एशियाली राष्ट्रमध्ये शीर्षमा अटाएपछि नेपालले दोस्रो चरण खेल्ने पक्का भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । एशियाली फुटबल महासङ्घ(एएफसी)ले दोस्रो चरणको छनोटबारे नेपाललाई जानकारी गराइसकेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

फिफाले गत अप्रिल ४ मा निकालेको वरियतामा नेपाल १६१ औंँ स्थानमा थियो । उक्त वरियतानुसार नेपाल एएफसी वरियताको ३४ औंँ स्थान रहन सफल भएको थियो । वरियताको ३५ देखि ४६ औंँ स्थानको राष्ट्रले भने पहिलो चरणको प्ले अफ खेल्नेछन् । आगामी जूनमा हुने पहिलो चरणको प्ले अफबाट छ टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

दोस्रो चरणको छनोटमा शीर्ष ३४ र प्ले अफबाट आएका छ गरी ४० टोलीले प्रतिस्पर्धा गर्ने छन् । दुई समूहमा विभाजन गरेर खेलाइने दोस्रो चरणको छनोट आगामी सेप्टेम्बरमा हुनेछ । सन् १९८६ को संस्करणबाट विश्वकप छनोट खेल्न थालेको नेपालले पहिलो पटक सीधै दोस्रो चरण खेल्न पाएको हो ।

नेपालले सन् २०१४ को संस्करणमा पहिलो चरण पार गर्दै दोस्रो चरणको छनोट खेलेको थियो । दक्षिण एशियाली राष्ट्रबाट नेपालसहित भारत र माल्दिभ्सले सीधै दोस्रो चरणको छनोट खेल्ने छन् । फिफाका अनुसार दोस्रो चरणमा छनोट हुने एशियाली राष्ट्रमा नेपाल, इरान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, कतार, युएई, साउदी अरेबिया, चीन, इराक, सिरिया, उज्वेकिस्तान, लेबनान, ओमान, किर्गिजस्थान, जोर्डन, भियतनाम, प्यालेस्टाइन, भारत, बहराइन, थाइल्याण्ड, ताजकिस्तान, उत्तर कोरिया, फिलिपिन्स, चाइनिज ताइपेह(ताइवान), तुर्कमिनिस्तान, म्यानमा, हङकङ, यमन, अफगानिस्तान, माल्दिभ्स, कुवेत, इण्डोनेसिया र सिंगापुर छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group