ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य


एबीसी न्यूज
२९ चैत्र २०७५, शुक्रबार   ८ : ११   बजे

काठमाडौँ, २९ चैत । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका छ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ ।

छनोटमा नेपालसहित मलेशिया, संयुक्त अरब इमिरेट्स (युएई), सिङ्गापुर, कुबेत र ओमान भिड्दैछन् । नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्नेछ । नेपालले छनोट खेल्नुअघि भारतको आन्ध्र प्रदेशको यू–१९ क्रिकेट टोलीसँग छ मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेलमा नेपालले चार खेलमा जीत तथा दुई खलमा हार ब्यहोरेको थियो । राष्ट्रिय टोलीका सदस्य रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका पवन सर्राफ, सन्दीप जोरा र राष्ट्रिय टोलीमा परिसकेका भीम सार्कीलगायत खेलाडी छन् । यसपटक नेपाली टोलीमा चार नयाँ खेलाडीले स्थान बनाएका छन् ।

घरेलु प्रतियोगितामा राम्रो गरिरहेका कुशल मल्ल र हरिबहादुर चौहान, प्रतिश जिसी र अभिषेक बस्नेतले पहिलोपटक यू–१९ टोलीमा स्थान बनाएका हुन् । त्यस्तै यू–१९ टोलीका नियमित सदस्य रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल तथा सूर्य तामाङ नेपाली टोलीमा छन् । नेपालको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास रहेका छन् ।

झण्डै तीन वर्षदेखि विनोदले युवा तथा राष्ट्रिय महिला टोलीको प्रशिक्षणको जिम्मेबारी सम्हाल्दै आएका छन् । नेपाली प्रशिक्षक दासले भारतमा क्याम्पका लागि जानुअघि नेपालको लक्ष्य विश्वकपमा छनोट हुनु रहेको बताएका थिए । पहिलोपटक नेपाली यू–१९ टोलीको कप्तानी गर्न लागेका रोहितले नेपाललाई विश्वकपमा छनोट गराउन सके त्यो क्षण आफ्ना लागि उत्कृष्ट हुने बताएका छन् । सन् १९९८ देखि शुरु भएको यू–१९ विश्वकपमा हालसम्म नेपालले सात पटक खेलेको छ । सन् २००० मा श्रीलङ्कामा भएको यू–१९ विश्वकपमा नेपालको पहिलो सहभागिता थियो । नेपालले त्यसपछि सन् २००० देखि २००८ सम्म लगातार पाँच पटक तथा सन् २०१२ र २०१६ मा यू–१९ विश्वकप खेलेको थियो । नेपालले आगामी सोमबार मलेशियासँग खेल्नेछ । नेपाल मलेशियासँग अहिलेसम्म पराजित भएको छैन । तर मलेशियाले पछिल्लो समय यू–१९ क्रिकेटमा भने राम्रो सुधार गरेको छ । नेपालले मङ्गलबार ओमान र विहीबार कुवेतसँग खेल्दै यस प्रतियोगिता सकाउने छ
।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group