ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री अधिकारीको निधनले प्रदेशका मुख्यमन्त्रीहरु स्तब्ध


sharan sharan
१५ फाल्गुन २०७५, बुधबार   ९ : २७   बजे

बुटवल, १५ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पर्यटन तथा नागरिक उड्यान मन्त्री रबिन्द्र अधिकारीको निधनले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफु स्तब्ध बनेका बताउनुभएको छ । आज एक बिज्ञप्ती प्रकाशित गर्दै मुख्यमन्त्री पोखरेलले संघर्ष र संगठनबाट खारिएका अधिकारीको निधनले मुलुकले भरोसायोग्य नेता गुमाएको उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले बिज्ञप्तीमा अधिकारीको निधनले मुलुकलाई अपुरणीय क्षति भएको भन्दै अधिकारीले वाम लोकतान्त्रिक आन्दोलन र मुलुकप्रति पु¥याएको योगदानको मुलुकले सधैं सम्झिरहने बताउनुभएको छ ।
तेह्थुमको चुहानडाँडा विमानस्थल निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली आज पाथीभरा दर्शनका लागि गएको थियो । पाथीभराबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । त्यसैगरी दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ,निर्देशक धु्रब मोछिभोया,उपसचिव युवराज दाहाल, हेलिकप्टर क्याप्टेन प्रभाकर केसी, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेप्रति पनि मुख्यमन्त्री पोखरेलले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

आजै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि बिज्ञप्ती प्रकाशित गर्दै मन्त्री अधिकारी सहित हेलिकप्टर दुर्घटनाबाट निधन भएकाहरु प्रति श्रद्धान्जली ब्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले अकल्पनीय, अप्रत्यासित र दुखद दुर्घटनाका कारण देश र जनता प्रति समर्पित योग्य जननेताको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ। मुख्यमन्त्रीले प्रकाशित गर्नुभएको बिज्ञप्तीमा नीजि क्षेत्रवाट मुलुकको विकासमा समर्पित उद्यमी, राष्ट्रसेवक कर्मचारी तथा हेलीकोप्टर चालकलाई गुमाउनुपरेको उल्लेख गरिएको छ ।
यसै बिच आजै नेकपाका युवा नेता एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनालाई लिएर गम्भिर प्रश्न उठाउनुभएको छ । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मौसम खराब हुँदाहुँदै ७ जनालाई किन उडान गरियो भनेर प्रश्न गर्नुभएको हो ।
भट्टराईले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘भीआईपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर कोहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथीभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर, आज मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’
भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वािर्चत सांसद् समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

बिम्बमा ‘दुई बालेनको कथा’:धरातलमा “रवि–बालेन संयुक्त कम्पनी”

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu