ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही (भिडियोसहित)


एबीसी न्यूज
माघ ४, २०७५ शुक्रबार  ११ : ३८ बजे

काठमाडौं, ४ माघ । नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही र ट्राफिक नियम पालन नगरि सवारी चलाउनु नै रहेको छ । पौषमहिनामा दाङको तुलसीपुर– ३ राम्रीमा भएको बस दुर्घटनामा पनि यस्तै कारण रहेको सरोकारवालाको दाबी छ । दुर्घटनामा सडक र चालकलाई मात्रै दोष दिनुभन्दा यस्ता दुर्घटना न्यूनिकरण गर्न सरकार, यातायात व्यवसायी, चालक र यात्रु स्वयम् जिम्मेवार हुनुपर्ने देखिन्छ ।

पछिल्लो समय नेपालमा सडक दुर्घटना दिनानुदिन बढिरहेको छ । जसले गर्दा मानिसले अनाहकमा ज्यान गुमाउनु परेको छ । सडक दुर्घटना बढी हुनुमा सम्बन्धित निकायका आआफ्नै तर्कहरु छन् । नेपालको भौगोलिक अवस्था र चेतनाको अभाव पनि सडक दुर्घटनाको मुख्य हुनाका कारण हुन् । सडक निर्माणका क्रममा प्राविधिक पक्षलाई ध्यान नदिनु र डोजर चालक नै आफै इन्जिनियर बन्नु पनि सडक दुर्घटनाको कारक बन्ने गरेको बताउ“छन् प्रदेश नं.५ प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक (डीएसपी)पुष्पराज शाहि ।

दाङमा यसै आर्थिक बर्षको पौष महिनाको पहिलो हप्ता सम्म १८९ सवारी दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका छन् भने, ४१६ जना घाईते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । सडक दुर्घटना बढ्नुमा चालकलाई प्रमुख दोषि बनाइए पनि चालक भने यो आरोप स्वीर्कान तयार छैनन् ।

यता यातायात व्यवसायीहरु पनि आफ्ना कारणले भन्दा पनि सडककै कारण दुर्घटना हुने गरेको बताउ“छन् । नेपाल यातायात व्यवसायी महासंघका सल्लाकार एवं राप्ती अञ्चल यातायात समितीका अध्यक्ष सुरेश हमाल ।

दैनिकजसो सडक दुर्घटनामा मानिसको मृत्यु भए पनि यसलाई कुनै महामारीको रुपमा हेरिदैन । तथ्यांक अनुसार महामारीले भन्दा बढी ज्यान सडकले लिइरहेको छ । जब ठूलो दुर्घटना हुन्छ त्यसपछि मात्र यसतर्फ सम्बन्धि निकायको ध्यान जाने गर्छ । दुर्घटना रोक्न नसकिए पनि यसलाई न्यूनिकरण गर्न सकिन्छ भनछन् दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद अधिकारी ।

एक अर्कालाई आरोप लगाएर पानी माथिको ओभानो बन्नु भन्दा, के गर्यो भने सडक दुर्घटना न्यूनिकरण गर्न सकिन्छ त ?
शुक्रवार दाङको तुलसीपुर ३ राम्रीमा २३ जानको ज्यान जाने गरी भएको बस दुर्घटनाले फेरि एक पटक सबैलाई झस्काएको छ । आगामी दिनमा दुर्घटना न्युनिकरणका लागि स्थानीय सरकार नै गम्भीर बन्नुपर्ने अवस्था आएको छ । यसका लागि सरोकारवाला पक्षस“ग छलफल गरेर अगाडी बढ्ने तयारीमा रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमु्ख माया आचार्य बताउ“छिन् ।

सडक दुर्घटना न्यूनिकरणका लागि सडकहरु चौडा बनाउने, ट्राफिक नियमप्रति सचेतना जगाउने, चालक र व्यवसायीलाई जिम्मेवार बनाउनेतर्फ अब ढिला गर्नु हु“दैन ।

सडक यातायात नेपालीलाई विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले पनि सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो ।
तर, सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या दिनप्रतिदिन बढेको छ । दुर्घटनामा निर्दोष नेपालीहरुले अकालमा ज्यान गुमाउनु परेको छ ।

दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षती भईरहेको छ । यस्तो, अवस्थामा एक पक्षले अर्कालाई दोषारोपण गरिरहने भन्दा पनि सडक दुर्घटनाका पक्षहरु को–को हुन, न्युनीकरणका लागि के गर्नु पर्छ, नीतिगत रुपमा के परिवर्तन गर्नु पर्छ भन्ने बारेमा सवैको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

नयाँ वर्ष २०८३ : सूर्य मेषमा प्रवेश गर्दा किन जाग्छ नयाँ उमंग ?

सम्बन्धित

नेकपाको केन्द्रीय कमिटी बैठक नवस्दा सदस्य नै भुमिका विहिन बनेको गुनासो (भिडियोसहित)

जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुखकै मिलेमतोमा व्यापक अनियमितता (भिडियोसहित)

पाल्पा संग्राहलय : सामाग्री संरक्षण अभावमा अलपत्र बन्दै (भिडियोसहित)

बाँकेको आधुनिक बसपार्क सम्पन्न नहुँदा यात्रुदेखि स्थानीयसम्मलाई सास्ती ( भिडियाेसहित)

रुपन्देहीको बेलबासबाट चरेस पक्राउ

नक्कली हार्पीक बनाउने गिरोह पत्ता लाग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com