ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ४ माघ । नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही र ट्राफिक नियम पालन नगरि सवारी चलाउनु नै रहेको छ । पौषमहिनामा दाङको तुलसीपुर– ३ राम्रीमा भएको बस दुर्घटनामा पनि यस्तै कारण रहेको सरोकारवालाको दाबी छ । दुर्घटनामा सडक र चालकलाई मात्रै दोष दिनुभन्दा यस्ता दुर्घटना न्यूनिकरण गर्न सरकार, यातायात व्यवसायी, चालक र यात्रु स्वयम् जिम्मेवार हुनुपर्ने देखिन्छ ।

पछिल्लो समय नेपालमा सडक दुर्घटना दिनानुदिन बढिरहेको छ । जसले गर्दा मानिसले अनाहकमा ज्यान गुमाउनु परेको छ । सडक दुर्घटना बढी हुनुमा सम्बन्धित निकायका आआफ्नै तर्कहरु छन् । नेपालको भौगोलिक अवस्था र चेतनाको अभाव पनि सडक दुर्घटनाको मुख्य हुनाका कारण हुन् । सडक निर्माणका क्रममा प्राविधिक पक्षलाई ध्यान नदिनु र डोजर चालक नै आफै इन्जिनियर बन्नु पनि सडक दुर्घटनाको कारक बन्ने गरेको बताउ“छन् प्रदेश नं.५ प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक (डीएसपी)पुष्पराज शाहि ।

दाङमा यसै आर्थिक बर्षको पौष महिनाको पहिलो हप्ता सम्म १८९ सवारी दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका छन् भने, ४१६ जना घाईते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । सडक दुर्घटना बढ्नुमा चालकलाई प्रमुख दोषि बनाइए पनि चालक भने यो आरोप स्वीर्कान तयार छैनन् ।

यता यातायात व्यवसायीहरु पनि आफ्ना कारणले भन्दा पनि सडककै कारण दुर्घटना हुने गरेको बताउ“छन् । नेपाल यातायात व्यवसायी महासंघका सल्लाकार एवं राप्ती अञ्चल यातायात समितीका अध्यक्ष सुरेश हमाल ।

दैनिकजसो सडक दुर्घटनामा मानिसको मृत्यु भए पनि यसलाई कुनै महामारीको रुपमा हेरिदैन । तथ्यांक अनुसार महामारीले भन्दा बढी ज्यान सडकले लिइरहेको छ । जब ठूलो दुर्घटना हुन्छ त्यसपछि मात्र यसतर्फ सम्बन्धि निकायको ध्यान जाने गर्छ । दुर्घटना रोक्न नसकिए पनि यसलाई न्यूनिकरण गर्न सकिन्छ भनछन् दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद अधिकारी ।

एक अर्कालाई आरोप लगाएर पानी माथिको ओभानो बन्नु भन्दा, के गर्यो भने सडक दुर्घटना न्यूनिकरण गर्न सकिन्छ त ?
शुक्रवार दाङको तुलसीपुर ३ राम्रीमा २३ जानको ज्यान जाने गरी भएको बस दुर्घटनाले फेरि एक पटक सबैलाई झस्काएको छ । आगामी दिनमा दुर्घटना न्युनिकरणका लागि स्थानीय सरकार नै गम्भीर बन्नुपर्ने अवस्था आएको छ । यसका लागि सरोकारवाला पक्षस“ग छलफल गरेर अगाडी बढ्ने तयारीमा रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमु्ख माया आचार्य बताउ“छिन् ।

सडक दुर्घटना न्यूनिकरणका लागि सडकहरु चौडा बनाउने, ट्राफिक नियमप्रति सचेतना जगाउने, चालक र व्यवसायीलाई जिम्मेवार बनाउनेतर्फ अब ढिला गर्नु हु“दैन ।

सडक यातायात नेपालीलाई विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले पनि सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो ।
तर, सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या दिनप्रतिदिन बढेको छ । दुर्घटनामा निर्दोष नेपालीहरुले अकालमा ज्यान गुमाउनु परेको छ ।

दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षती भईरहेको छ । यस्तो, अवस्थामा एक पक्षले अर्कालाई दोषारोपण गरिरहने भन्दा पनि सडक दुर्घटनाका पक्षहरु को–को हुन, न्युनीकरणका लागि के गर्नु पर्छ, नीतिगत रुपमा के परिवर्तन गर्नु पर्छ भन्ने बारेमा सवैको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

नेकपाको केन्द्रीय कमिटी बैठक नवस्दा सदस्य नै भुमिका विहिन बनेको गुनासो (भिडियोसहित)

जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुखकै मिलेमतोमा व्यापक अनियमितता (भिडियोसहित)

पाल्पा संग्राहलय : सामाग्री संरक्षण अभावमा अलपत्र बन्दै (भिडियोसहित)

बाँकेको आधुनिक बसपार्क सम्पन्न नहुँदा यात्रुदेखि स्थानीयसम्मलाई सास्ती ( भिडियाेसहित)

रुपन्देहीको बेलबासबाट चरेस पक्राउ

नक्कली हार्पीक बनाउने गिरोह पत्ता लाग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com