ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपाधि च्यासल युथ क्लबलाई


एबीसी न्यूज
३० कार्तिक २०७५, शुक्रबार   ९ : २१   बजे

कावासोती, ३० कात्तिक । एक सिङ्गे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा सञ्चालित ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि च्यासल युथ क्लबले जितेको छ । बिहीबार भएको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई टाई बे्रकरमा पराजित गर्दै च्यासलले उक्त उपाधि जितेको हो ।

खेलको १० औँ मिनेटमा अभिषेक रिजालको गोलबाट नेपाल पुलिसले अग्रता लिए पनि १६ औँ मिनेटमा च्यासलले बराबरी गोल फर्कायो । एक्काइसौँँ मिनेटमा पुलिसले थप एक गोल गर्दै मध्यान्तर अघि आफ्नो पक्षमा पा¥यो मध्यान्तर पछि च्यासलले बराबरी गोल फर्कायो । निर्धारित समय बराबरीमा सकिएपछि थप गरिएको समयमा समेत दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाई बे्रकरमा पुगेको थियो ।

टाई बे्रकरमा च्यासल युथ क्लबले ५÷३ गोल अन्तरले नेपाल पुलिसलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । विजेता च्यासलले रु ४ लाख ९९ हजार ५५५ सहित शिल्ड र पदक प्राप्त ग¥यो भने उपविजेता नेपाल पुलिसले रु २ लाख ५५ हजार ५५५ प्राप्त गरेको छ । प्रतियोगिताको म्यान अफ दि सिरिज च्यासलका गोल रक्षक दिनेश थापा मगर भएका छन् । खेलको माध्यमबाट युवाहरुलाई वन तथा वन्यजन्तु संरक्षणमा लाग्न उत्पे्ररणा जगाउने उद्देश्यले विगत पन्ध्र वर्षदेखि नन्द–भाउजू मध्यवर्ती उपभोक्ता समितिले नियमित रुपमा उक्त प्रतियोगित सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group