ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रम आप्रवास व्यवस्थापन सुदृढ गर्न आजदेखि परामर्श बैठक शुरु


admin

ललितपुर, २८ भदौ । सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम)खाकाको सम्बन्धमा ‘कोलम्बो प्रोसेस’मा आबद्ध एसियाका १२ राष्ट्रको साझा धारणा तयार गर्ने विषयमा केन्द्रित रही ती देशका प्रतिनिधि सहितको परामर्श बैठक आजदेखि शुरु भएको छ ।

कोलम्बो प्रोसेसमा नेपालसहित भारत, चीन, कम्बोडिया, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, भियतनाम र अफगानिस्तान सदस्य रहेका छन् । भोलिसम्म चल्ने बैठकमा प्रोसेसमा आबद्ध १२ राष्ट्रमध्ये अफगानिस्तान बाहेकका देशको प्रतिनिधि सहभागी छन् ।

श्रम तथा रोजगार मन्त्रालयको आयोजना तथा अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) र विकास तथा सहायताका लागि स्विस एजेन्सी (एसडिसी)को सहयोगमा शुरु बैठकको श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले आज उद्घाटन गर्नुभयो ।

सन् २००३ मा स्थापना भएको कोलोम्बो प्रोसेसको हाल नेपाल अध्यक्ष राष्ट्र रहेको छ भने अर्को संस्था ‘अवुधावी डाइलग’मा पनि नेपाल सक्रिय सहभागी छ । यी मुलुकबाट वर्षेनी २५ लाखको हाराहारीमा रोजगारीका लागि विदेशिने गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घको सन् २०१६ को महासभाले आप्रवास र शरणार्थीको सम्बन्धमा अन्तर्राष्ट्रिय साझेदारीको खाका तयार गर्ने प्रतिबद्धता पारित गरेको थियो । राष्ट्रसङ्घको सन् २०१८ मा हुने ७३औँ महासभामा अन्तर्राष्ट्रिय साझेदारीको सो खाकालाई पारित गर्ने लक्ष्य राखिएको छ । सोही अनुसार विश्वभरका मुलुक र क्षेत्रीय संगठनले आ–आफ्नो अनुकूलताको अवधारणापत्र तयार पारी राष्ट्र सङ्घमा छलफलका लागि पठाउँदैछन् ।

एशियाका १२ राष्ट्र सम्मिलित कोलम्बो प्रोसेसले पनि विशेषत श्रमिक आप्रवासमा झेल्दै आएका समस्या र समाधानमा केन्द्रित रहेर छलफल गरिरहेका छन् ।

कार्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री चौधरीले बैठकमा सहभागी १२ राष्ट्रको आप्रवासको समान समस्या रहेको र समाधानका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो । कामदार पठाउने यी मुलुकबीच सहकार्य हुन सकेमा गन्तव्य मुलुकसँग सामूहिक सौदाबाजी गर्नसमेत सहज हुने उहाँको भनाइ छ । अवैधानिक आप्रवास, कामदारको मानवअधिकारलगायतका विषयमा प्रोसेसमा आबद्ध राष्ट्रले गम्भीर छलफल गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले आफ्ना मुद्दालाई बलियो रुपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने गरी दस्तावेज तयार पार्न बैठकको आयोजना गरिएको बताउनुभयो ।

परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेलले विश्वभर २४ करोड आप्रवासी रहेको तथ्याङ्क प्रस्तुत गर्दै वैदेशिक रोजगारको राम्रो पक्षलाई बढावा दिने र नकारात्मक पक्षलाई घटाउने विषयमा बैठकले निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दीपक धितालले आप्रवासी कामदारले पठाएको विप्रेषणले पु¥याएको आर्थिक, सामाजिक योगदानअनुरुप उनीहरुको हकअधिकारको विषयमा पनि संवेदनशील हुनुपर्ने बताउनुभयो ।

नेपालका लागि स्विजरल्याण्डका राजदूत जर्ग फ्राइडेनले कामदारको कानुनी भर्ती प्रक्रिया, सुरक्षा, दक्षता वृद्धि, काम गर्ने वातावरणको निर्माण, स्वतन्त्रतापूर्वक हिँड्डुल गर्ने अधिकारजस्ता विषयमा सदस्य राष्ट्रले बैठकबाट समान धारणा तय गर्ने आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com