ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उचित बासको व्यवस्था गर्न सुकुम्वासीको माग


bhawani desk

विराटनगर, ७ साउन । विराटनगर महानगरपालिका–१ स्थित श्रीनगर टोलमा बसोबास गर्ने सुकुम्वासी वडा कार्यालयले दिएको सूचनाबाट समस्यामा परेका छन् ।

सडक चौडा पार्ने र सडकसँग जोडिएको जग्गामा पार्क बनाउने वडा कार्यालयको योजनाले त्यस स्थानमा बस्ने सुकुम्वासीलाई तीन दिनभित्र घर टहरा हटाउन पत्र पठाएको छ । करीब आठ घरपरिवार सो स्थानमा लगभग ३० वर्षदेखि बस्दै आएका छन् भने उनीहरूको आर्थिक अवस्था निकै कमजोर रहेको पीडितले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

उचित बासको व्यवस्था नगरी घरटहरा हटाउन पठाएको निर्देशनले मानसिक तनाव बढेको र संविधानले दिएको नागरिकको आवासको अधिकार हनन भएकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

पीडित हसिना खातुन, मो साहाजाद, मो जमिल, मो एकदिल, मो रियाज, मो झांगिर, फारुक खां र सोमनी कामतले एकै स्वरमा हामीलाई वडा कार्यालयले अन्याय गर्नु हुँदैन भन्दै आवाज उठाए ।

श्रीनगर टोल संगठनका अध्यक्ष लक्ष्मी खड्काले पीडितलाई उचित व्यवस्थापन नगरी वडा कार्यालयको एकल निर्णय प्रजातान्त्रिक होइन भन्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com