
काठमाडौं, ६ साउन । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बदलिँदो परिवेश अनुसार मुलुकको परराष्ट्र नीतिलाई पुनपरिभाषित गर्दै लगिएको दावी गर्नु भएको छ ।
मन्त्री ज्ञवालीले मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढेकाले सोही अनुसारको परराष्ट्र नीति तय गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
राष्ट्रहित परराष्ट्रनीतिको मूल चुरो रहेको स्मरण गराउँदै उहाँले सरकारले सोही अनुसारको नीति लिएको पनि स्पष्ट पार्नु भयो । पूर्व राजदुतहरुले स्थापना गरेको ‘एशोसिएशन अफ फरमर नेपाली एमबास्डोर्स’ को आईतबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले संविधानको परिधि भित्र रहेर नेपालले परराष्ट्र नीति अवलम्बन गर्ने पनि स्मरण गराउनु भयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले गरिवी हटाउने, नेपाललाई विकसित राष्ट्रको दाँजोमा अघि बढाउन तीव्र गतिका साथ काम गर्नेलगायतका परराष्ट्र नीतिका विषयमा सबै राजनीतिक दलहरुबीच साझा धारणा रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागि परेको दावी पनि गर्नु भयो ।
मन्त्री ज्ञवालीले परराष्ट्र नीतिलाई सामयिक बनाउन पूर्व राजदुतहरुलाई आवश्यक सुझाव दिन पनि आग्रह गर्नु भयो । पूर्व राजदुतहरु मुलुकको परराष्ट्र नीति निर्माणमा सरकारको सल्लाहकारको रुपमा रहनुपर्नेमा परराष्ट्रमन्त्री ज्ञवालीको जोड थियो ।



















प्रतिक्रिया दिनुहोस्