ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मृत्यु मार्ग’ को विकल्पमा सडक निर्माण


एबीसी न्यूज
असार ९, २०७५ शनिबार  ८ : ४७ बजे

बुटवल, ९ असार । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभानखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रको ‘मृत्यु मार्ग’ का रुपमा स्थापित जोखिमयुक्त सडकको विकल्पमा सडक निर्माण कार्य अघि बढाइएको छ ।

उक्त सडकको विकल्पमा प्रदेश नं ५ को सरकारले पाल्पाको झुम्सादेखि रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ स्थित चरङ्गेसम्म सडक निर्माणका लागि पहिलो चरणमा मार्ग खोल्ने काम सम्पन्न भएको छ ।

बारम्बार पहिरो खसेर जोखिमयुक्त बनेको बुटवल–दोभान शिद्धबाबा सडकको विकल्पमा पाल्पाको झुम्साबाट रुपन्देहीको सीमा क्षेत्र चौकीभञ्ज्याङ हुँदै चरङ्गेसम्मको २१ किलोमिटर सडकलाई विकल्पका रुपमा निर्माण कार्य अघि बढाइएको छ ।

संघीय सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा शिद्धबाबाखण्डमा सुरुङ मार्ग बनाउने घोषणा गरेपछि प्रदेश सरकारले वैकल्पिक सडक निर्माणका लागि यो योजना अघि बढाउन थालेको हो । निर्माणाधीन वैकल्पिक सडकखण्डको शुक्रबार मुख्यमन्त्री शंकर पोखरेल र भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीसहितको टोलीले निरीक्षण गरेको छ ।

निरीक्षणका क्रममा उक्त सडक क्षेत्रमा पर्ने चौकीभञ्ज्याङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोखिमयुक्त राजमार्गको विकल्पमा प्रदेश सरकारले झुम्सा–चरङ्गे सडकलाई पहिलो प्राथमिकतामा राखेर यस आवमा रु १० करोड विनियोजन गरेको बताउनुभयो । उहाँले विकास भनेकै जनताको सहभागितामा सम्पन्न हुने भएकाले यो योजना सम्पन्न गर्न पनि जनताको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

यस क्षेत्रमा प्रशस्त मात्रामा रहेका चुनढुंगा खानीबाट उत्पादन हुने कच्चा पदार्थ ढुवानीका लागि यो सडक प्रयोग गर्न उपयुक्त हुने उहाँले बताउनुभयो ।

त्यस अवसरमा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले यो सडकलाई वैकल्पिक सडकमात्र नभई नियमित सवारी साधन सञ्चालन गर्ने गरी दुई लेनको सडक बनाउने प्रदेश सरकारको योजना रहेको जानकारी दिनुभयो ।

उहाँले झुम्सा–चरङ्गे सडकलाई प्रदेश सरकारको कार्य कुशलता र क्षमता देखाउने गरी ‘रोल मोडल रोड’ बनाउने लक्ष्य रहेको समेत बताउँदै सडक बनाउन बजेटको कुनै अभाव नहुने बताउनुभयो ।

बुटवल–झुम्साको दूरी नौ किलोमिटरमात्र भए पनि सिद्धबाबाखण्डमा वर्षेनी खस्ने पहिरोका कारण हुने जनधनको क्षतिका कारण जोखिम न्यूनीकरणका लागि झुम्सा–चरङ्गे सडकलाई उपयुक्त विकल्पका रुपमा लिई जिल्ला समन्वय समिति पाल्पाको नेतृत्वमा तानसेन नगरपालिका, तिनाउ, वगनासकाली र रिब्दीकोट गाउँपालिकाका तथा रुपन्देहीको देवदह नगरपालिकाको करीब  एक करोड लगानीमा पाँच किलोमिटर मार्ग खोलिएको तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com