ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निष्क्रिय पत्रकारको सदस्यता नवीकरण नहुने


एबीसी न्यूज
९ असार २०७५, शनिबार   ७ : २७   बजे

बागलुङ, ९ असार।  नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निष्क्रिय पत्रकारको सदस्यता नवीकरणको सिफारिस नगर्ने भएको छ ।

दुई वर्षभन्दा बढी समयदेखि विदेशमा रहेका सदस्यको पनि जिल्लामा सदस्यता नरहने शाखाले जनाएको छ । महासंघ प्रदेश समितिको निर्देशनअनुसार सदस्यता शुद्धीकरण अभियान थालिएको शाखा अध्यक्ष दिल शिरीषले बताउनुभयो ।

शाखामा हाल आबद्ध रहेका १८१ सदस्यमध्ये बढीमा ३५ जना पत्रकारमात्र सक्रिय छन् । वर्षौंदेखि पत्रकारितामा नरहे पनि वार्षिक शुल्क बुझाएकै भरमा सदस्यता नवीकरण हुने गरेको छ । सदस्यता लिनेमा राजनीतिक दलका नेतादेखि व्यवसायीसम्म छन् । “पत्रकारितामा निष्क्रिय सदस्यलाई सक्रिय बनाउन पहल गर्छौं”, अध्यक्ष शिरीषले भन्नुभयो, “क्रियाशीलता नदेखिएमा सदस्यता नवीकरण हुन्न ।”

जिल्ला शाखाअन्तर्गत रही सदस्य लिने पत्रकारको न्यूनतमरुपमा भए पनि समाचार या अखबारी लेखन नियमित हुनुपर्ने जनाइएको छ । पत्रकारिता पेशालाई जिम्मेवार र मर्यादित बनाउन सदस्यता शुद्धीकरण गर्नु परेको शाखा सचिव राम थापाले बताउनुभयो ।

महासंघ केन्द्रले पनि सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा कडाइ गर्ने नीति अख्तियार गरेको छ । मुलुकभर महासंघका साधारण सदस्य हजारौँको संख्यामा रहे पनि कममात्र सक्रिय पत्रकारितामा छन् । निष्क्रिय सदस्यहरु महासंघको नेतृत्व फेर्ने चुनावमा मतदाताको भूमिकामा मात्र सीमित छन् । महासंघको प्रदेश नं ४ समितिको पहिलो बैठकले पनि सदस्यता शुद्धीकरण गर्ने निर्णय गरेको थियो ।
जिल्ला शाखाबाट गएको सिफारिसकै आधारमा महासंघ केन्द्रले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group