रुपन्देही २५ जेठ । बुटवलमा भएको गाडी दुर्घटनामा प्रहरी नायब निरीक्षक पोमनारायण खनालको ज्यान गएको छ ।
क्षत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक ४६ वर्षीय पोमनारायण खनालको विहीबार राति काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
रुपन्देहीको तिलोत्तमा योगिकुटी घर भएका खनालले चलाएको गाडी बुटवल धागो कारखाना नजिकै बसमा ठोक्किएपछि दुर्घटनामा परेको थियो ।



















प्रतिक्रिया दिनुहोस्