ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र आएपछि तेस्रो पटक जेल जानुपर्छ भन्ने मलाई लागेको थिएन – पूर्वसांसद ढुंगेल


एबीसी न्यूज
जेष्ठ १५, २०७५ मंगलबार  ११ : ४१ बजे

काठमाडौं, १५ जेठ ।  गणतन्त्र दिवसको अवसरमा पूर्वसांसद बालकृष्ण ढुंगेल मंगलबार विहान डिल्लीबजार कारागारबाट रिहा भएका    छन् । रिहा भए लगतै नेता बालकृष्ण ढुङ्गेलले आफू तेस्रो चौंथो पटकपनि पक्राउ पर्न सक्ने सम्भावना व्यक्त गरेका छन् ।

पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालयमा आफ्नो अभिनन्दन गरिएपछि सम्बोधन गर्दै ढुङ्गेलले चौंथो पटकपनि पक्राउ पर्न सक्ने बताएका हुन् । ‘बालकृष्ण ढुङ्गेल अहिले भर्खरमात्र सरकारले रिहा गरेर पठाएपछि तपाईंहरुको साथमा यहाँ आइपुगेको हो,  तेस्रो पटक रिहा भएको छ’ लयात्मक भावमा सम्बोधन गर्दै ढुङ्गेलले भने, ‘ढुङ्गेल रिहा भएको यो पहिलो पटक पनि होइन र अन्तिम पटक पनि होइन, फेरि पक्राउ पर्न सक्छ ।’

‘गणतन्त्र आएपछि तेस्रो पटक जेल जानुपर्छ भन्ने मलाई लागेको थिएन, तर गणतन्त्रका लागि लड्दा भन्दा हिटरमा पिसाव फेराएर मेरो किड्नी ड्यामेज गर्नेहरु, संकटकाल लगाउने र टाउकाको मूल्य तोक्नेहरु नै प्रधानमन्त्री बनेु, ढुङ्गेलले भने, ‘नागार्जुनको जंगलमा लगेर योद्धा बेपत्ता पार्नेहरु गणतन्त्रको मालिक बनेपछि बालकृष्ण ढुङ्गेलहरु जेल जानुको बिकल्प थिएन ।’

ढुङ्गेलले आफ्ना लागि न्यायालयको बेञ्चबाट न्याय बलात्कृत भएको दावी गरे, आफ्नो भागमा परेको गणतन्त्र पनि अपरहणमा परेको उनको कथन थियो । यति भन्दै उनले आफ्नो रिहाई विरुद्ध सर्वोच्च अदालत गुहारेका मानवअधिकारकर्मी र कानून व्यवसायीहरुप्रति आक्रोस व्यक्त गरे ।

उनले आफूमाथि लागेको हत्याको आरोपको प्रतिवाद पनि गरे । किड्नी रोगबाट पीडित ढुङ्गेलले भने, ‘संसारमा किड्नी जाँच्ने मेसिन आएको रहेछ, झुठ र पाप जाँच्ने मेसिन आएछ भने म जाँच्न तयार छु ।’

मन्तव्यको अन्त्य गर्दै ढुङ्गेलले भने, ‘शहीदरुको रगत बेचेर खान नपरोस्, शहीद परिवारहरुको मझेरीमा गएर उहाँहरुको भागमा लात हान्दै खानु नपरोस् जबसम्म जीवित रहन्छु, कसैलाई ठगेर भनेर स्पिपिङ्ग ट्याब्लेड सुत्नु नपरोस् ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com