ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फरार तस्करहरुको खोजीमा प्रहरी


admin
३१ बैशाख २०७५, सोमबार   २ : ३८   बजे

चितवन, ३१ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा तस्करीमा संलग्न भई दोषी प्रमाणित भएका ९० जना अझै फरार रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पक्राउ गरी १५० जना विभिन्न कारागारमा कैदीका रुपमा छन् । फरार दोषीको खोजी भइरहेको छ ।

“तल्लोदेखि माथिल्लो तहसम्म खोजी भइरहेको छ,” उहाँले भन्नुभयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, निकुञ्ज विभागको वन्यजन्तु अपराध नियन्त्रण इकाइ, जिल्ला प्रहरी कार्यालय र तिनका मातहत कार्यालय, निकुञ्ज र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले पनि फरार अभियुक्तको खोजी गरिरहेको छ ।

स्वदेश र विदेशमा लुकीछिपी रहेका तस्करको खोजी जारी रहेको अर्यालले बताउनुभयो । त्यस्ता व्यक्तिविरुद्ध इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरी विदेशका विभिन्न मुलुकमा खोजी जारी राखिएको छ । यसै क्रममा २०७१ सालमा मलेसियामा रहेका राजकुमार प्रजालाई त्यहाँको प्रहरीले पक्राउ गरी पठाएको थियो । उनीविरुद्ध २० वटा गैँडा मारेको अभियोग लागेको छ ।

सन् १९९५ यता निकुञ्जमा तस्करले १७६ गैँडा मारेका थिए । त्यस समय र त्योभन्दा अघिदेखिका फरार तस्करको खोजी भइरहेको छ । सशस्त्र द्वन्द्वको समयमा निकुञ्जमा सबैभन्दा बढी गैँडा तस्करले मारेका थिए । विसं २०५८ देखि २०६३ सम्म १०६ गैँडा तस्करले मारेको निकुञ्जले जनाएको छ ।

सन् २००२ मा मात्रै ३५ गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरुमा शून्य चोरीशिकार हुँदै आएको छ । विसं २०६८ यता तीनवटा गैँडा तस्करले मारेका छन् । सन् २०११, २०१३, २०१५ र २०१६ शून्य चोरीशिकार वर्ष भएका छन् ।

निकुञ्ज ऐनमा गैँडा चोरीशिकार गर्नेलाई पाँचदेखि १५ वर्षसम्म जेल र रु पाँच लाखदेखि रु १५ लाखसम्म जरिवाना हुने व्यवस्था छ । पछिल्लो समय संरक्षणप्रति स्थानीय बासिन्दाको सहभागिता बढ्दै गएपछि चोरीशिकारीमा कमी आएको छ ।

मध्यवर्तीका बासिन्दा चोरीशिकारविरुद्ध संगठित ढंगले लागिपरेका छन् । निकुञ्ज प्रशासन, खटिएका सेना विभिन्न नयाँ रणनीतिका साथ चोरीशिकार नियन्त्रणमा जुटेका छन् । सूचना अधिकारी अर्यालले सबैको सहयोगका कारण चोरीशिकार घटेको र फरार रहेका तस्कर पक्राउ पर्ने क्रम जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group