ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमा भौतिक र सामाजिक पूर्वाधारलाई प्राथमिकतामा राख्न डा. भट्टराईको आग्रह


admin
२७ बैशाख २०७५, बिहिबार   १२ : ४९   बजे

काठमाडौं, २७ वैशाख । पूर्वप्रधानमन्त्री एवं नयां शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भौतिक पुर्वाधार र सामाजिक पुर्वाधार विकासका विषयलाई मुख्य प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

विहिबारको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै डा. भट्टराईले भौतिक पुर्वाधार र सामाजिक पुर्वाधारका विषयलाई प्राथमिकता दिन सुझाव दिनुभएको हो । आगामी बजेटको प्राथमिकता र वित्तिय संरचनाको कुरा गर्दा समाजवादको ठुला कुरा गरेर नभई भौतिक र सामाजिक पुर्वाधार तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पुर्व पश्चिम सडक , रेल मार्ग, जल मार्ग, हवाई मार्ग लगायत कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँको तर्क थियो । सामाजिक पुर्वाधार विना औद्योगिक अर्थतन्त्र नबन्ने भन्दै उहाँले शिक्षामा क्रान्ति ल्याउनुपर्ने बताउनुभयो । अहिलेको शिक्षा प्रणालीलाई परिर्वतन गरेर प्राविधिक बनाउनुपर्ने तर्क उहाँले गर्नुभयो । सबै प्रदेशमा विशेष आर्थिक क्षेत्र घोषणा गर्न पनि उहाँले माग गर्नुभयो ।

उहाँले कृषिको आधुनिकीकरणका लागि सिंचाईको उपयुक्त व्यवस्था गरि बैज्ञानिक बाली प्रणाली अपनाउनुपर्नेमा जोड दिनुभयो ।

पर्यटनलाई प्राथमिता दिदै रोजगारीको अवसर श्रृजनाको लागि तुलनात्मक लाभको क्षेत्र पहिचान गरि उद्योग विकास गर्न आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले अनुत्पादक क्षेत्रको लगानी घटाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले बैदेशिक लगानी भित्र्याउन लगानी बोर्डलाई सशक्त र कामकाजी बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले सबैलाई खुसी पार्ने प्रयत्न भन्दा पनि प्राथमिकताको निर्धारणमा ध्यान केन्द्रित गर्नुपर्ने पर्नेमा उहाँले अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले भुमि व्यवस्थापनमा विशेष ध्यान पुर्याउन सरकारलाई सुझाव दिनुभयो ।

सामान्य निरन्तरतामा मात्रै बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरे विकासको गति पहिल्याउन नसक्ने भन्दै उहाँले समाजवाद उन्मुख बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले दुवै छिमेकी मुलुकसंग मित्रवत सम्बन्ध कायम राखेर लगानी भित्र्याउन पनि सरकारलाई सुझाव दिनुभयो ।

भ्र्रष्टाचार निवारण गर्ने निकाय नै भ्रष्टाचारमा लागेको देखिएको उल्लेख गर्दे उहाँले भ्रष्टाचार निवारणमा आमुल परिर्वतन गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group