ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमा भौतिक र सामाजिक पूर्वाधारलाई प्राथमिकतामा राख्न डा. भट्टराईको आग्रह


admin

काठमाडौं, २७ वैशाख । पूर्वप्रधानमन्त्री एवं नयां शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भौतिक पुर्वाधार र सामाजिक पुर्वाधार विकासका विषयलाई मुख्य प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

विहिबारको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै डा. भट्टराईले भौतिक पुर्वाधार र सामाजिक पुर्वाधारका विषयलाई प्राथमिकता दिन सुझाव दिनुभएको हो । आगामी बजेटको प्राथमिकता र वित्तिय संरचनाको कुरा गर्दा समाजवादको ठुला कुरा गरेर नभई भौतिक र सामाजिक पुर्वाधार तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पुर्व पश्चिम सडक , रेल मार्ग, जल मार्ग, हवाई मार्ग लगायत कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँको तर्क थियो । सामाजिक पुर्वाधार विना औद्योगिक अर्थतन्त्र नबन्ने भन्दै उहाँले शिक्षामा क्रान्ति ल्याउनुपर्ने बताउनुभयो । अहिलेको शिक्षा प्रणालीलाई परिर्वतन गरेर प्राविधिक बनाउनुपर्ने तर्क उहाँले गर्नुभयो । सबै प्रदेशमा विशेष आर्थिक क्षेत्र घोषणा गर्न पनि उहाँले माग गर्नुभयो ।

उहाँले कृषिको आधुनिकीकरणका लागि सिंचाईको उपयुक्त व्यवस्था गरि बैज्ञानिक बाली प्रणाली अपनाउनुपर्नेमा जोड दिनुभयो ।

पर्यटनलाई प्राथमिता दिदै रोजगारीको अवसर श्रृजनाको लागि तुलनात्मक लाभको क्षेत्र पहिचान गरि उद्योग विकास गर्न आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले अनुत्पादक क्षेत्रको लगानी घटाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले बैदेशिक लगानी भित्र्याउन लगानी बोर्डलाई सशक्त र कामकाजी बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले सबैलाई खुसी पार्ने प्रयत्न भन्दा पनि प्राथमिकताको निर्धारणमा ध्यान केन्द्रित गर्नुपर्ने पर्नेमा उहाँले अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले भुमि व्यवस्थापनमा विशेष ध्यान पुर्याउन सरकारलाई सुझाव दिनुभयो ।

सामान्य निरन्तरतामा मात्रै बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरे विकासको गति पहिल्याउन नसक्ने भन्दै उहाँले समाजवाद उन्मुख बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले दुवै छिमेकी मुलुकसंग मित्रवत सम्बन्ध कायम राखेर लगानी भित्र्याउन पनि सरकारलाई सुझाव दिनुभयो ।

भ्र्रष्टाचार निवारण गर्ने निकाय नै भ्रष्टाचारमा लागेको देखिएको उल्लेख गर्दे उहाँले भ्रष्टाचार निवारणमा आमुल परिर्वतन गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com