ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिरी विमानस्थल सञ्चालनमा ल्याउन पहल गरिने : पर्यटन मन्त्री


एबीसी न्यूज

चरिकोट, २० वैशाख। जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित देखिएका छन् ।

बुधबार जिरीमा पर्यटनमन्त्री पुगेर जिरी एयरपोर्ट स्थलगत अनुगमन गरेपछि यहाँका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार र स्थानीयबासी निकै उत्साहित बनेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीको भ्रमण गरी पुरानो बन्द अवस्थामा रहेको जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउने पहल गर्ने बताउनुभएपछि स्थानीयबासी झनै उत्साहित बनेका हुन् ।

दोलखाको खरिढुंगामा एक गैरसरकारी संस्थाले निर्माण गरेको विद्यालय भवन उद्घाटनका क्रममा दोलखा आउनुभएका अधिकारीले जिरी एयरपोर्ट पुनः सञ्चालनको सम्बन्धमा स्थलगत निरीक्षण गर्नुभएको हो ।

जिरी विमानस्थलको धावनमार्ग नजिकै भएको छोटो अन्तक्र्रिया कार्यक्रमकावीच मन्त्री अधिकारीले विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न आफू तयार रहेको बतानुभयो । जिरी वास्तवमा नै निकै सुन्दर र उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउँदै जिरी नआउँदा नेपालको घुमफिर अधुरो रहने टिप्पणी गर्नुभयो ।

विगतमा हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरपोर्ट नापीको बेला कृषि मन्त्रालयअन्तर्गत जानु ठूलो भूल भएको बताउँदै अब फेरि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नै ल्याई आन्तरिक हवाई सेवा सञ्चालनका लागि आफूले कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।

उहाँले विशेषगरी काठमाडौँको हवाई ट्राफिक व्यवस्थालाई सहज बनाउन तथा सगरमाथा, रोल्वालिङ हिमाल लगायत पूर्वी क्षेत्रको पर्वतीय उडानका लागि जिरी एयरपोर्ट उपर्युक्त रहेको बताउनुभयो । उहाँले रामेछापको मन्थलीमा हाल सञ्चालनमा रहेको एयरपोर्ट आवतजावतका लागि ठीक भएता पनि पर्यटकीय दृष्टिकोणले जिरीमा समेत हवाई सेवा सञ्चालन अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख टंकबहादुर जिरेलले जिरी एयरपोर्ट पुनः सञ्चालनका लागि विगतमा भएको प्रयासबारे जानकारी दिनुभयो । उहाँले २०५२ साल अगाडिसम्म हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरपोर्ट तत्कालीन नापी टोली प्रमुख र पशु विकास हाकिमको गोप्य मिलेमतोमा हवाई विभागको जमिनसमेत कृषिब्लकअन्तर्गत नापी गरिएकाले हाल एयरपोर्ट सञ्चालनमा समस्या परिरहेको बताउनुभयो ।

२०४४ सालमा जिरी—लामोसाँगु सडक निर्माणपछि बन्द भएको हवाई सेवा २०५३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा नै ४०० मिटर रनवेलाई उत्तरतर्फ बढाइ ६०० मिटर कायम गरी ३० सेमी ग्राभेलिङसमेत गरी पुनः सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार गरी प्रक्रिया अगाडि बढाइएको भए पनि उक्त फाइल मन्त्रालयबाट हराएको र पुनः २०७२ सालमा आनन्दप्रसाद पोखरेल पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा फेरि विस्तृत आयोजना प्रतिवेदन डिपिआरसहित तारा एयरलाइन्सको सफल परीक्षण उडानसमेत भइसकेकाले एयरपोर्ट सञ्चालनका लागि जग्गाको स्वामित्वबाहेक अन्य कुनै प्राविधिक समस्या नरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा दोलखाका सांसद पार्वत गुरुङले समेत भौगोलिक तथा पर्यटकीय हिसाबले जिरी उत्कृष्ट रहेको बताउँदै जिरी एयरपोर्ट तत्काल सञ्चालन गर्न आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । करीब एक घण्टाको अन्तक्र्रियामा जिरीस्थित राजनीतिकदलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com