ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुटेरा पक्राउ गर्न प्रहरीबाट फायरिङ


admin

धरान, ११ वैशाख । सुनसरीको धरानमा प्रहरीले एक राउण्ड फायरिङ गरेको छ ।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथि छुरा प्रहार गर्ने मुख्य आरोपीलाई पक्राउ गर्ने क्रममा प्रहरीले फायरिङ गरेको हो ।

धरान–१५ स्थित महादेव चोक भन्दा तलबाट प्रहरीले कुम्बे राईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै राईले अन्धाधुन्दा ढुंगा प्रहार गरेपछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले एक राउण्ड फायरिङ गरेको थियो ।

प्रहरीले राईलाई पक्राउ गर्न फायरीङ गर्नुपरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो । तर प्रहरीले प्रहार गरेको गोलीले राईलाई भने लागेन र फायर खोलेपछि मात्र राईलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।

धरान–१५ विशाल चोक नजिकै साथीकोबाट नोट लिएर आउने क्रममा विद्यार्थीमाथि आक्रमण भइ मोबाइल र पैसा समेत लुट्ने प्रयास भएको थियो । आक्रमणबाट बाग्लुङका सुजन खड्का र काभ्रेका प्रदीप सापकोटा घाइते भएको डीएसपी पौडेलले जानकारी दिनुभयो ।

छुरा प्रहारबाट दुवैको छातीमा चोट लागेको छ भने सुजन खड्काको भने हातमा समेत चोट लागेको छ । घाइते विद्यार्थीहरुको उपचार धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । घाइते सापकोटाको अवस्था सामान्य रहेपनि खड्कालाई भने तत्काल आइसीयुमा भर्ना गरिएको थियो । खड्का पनि अहिले खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com