ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना


एबीसी न्यूज
चैत्र ३, २०८२ मंगलबार  २ : ४२ बजे

काठमाडौं, — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरूलाई कडा आलोचना गरेका छन्। उनीहरूले आफ्नो अनुरोध अनुसार युद्धपोत पठाएर हर्मुज जलडमरूमध्य खोल्न सहयोग नगरेको भन्दै ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

ट्रम्पले सोमबार भने, “हामीलाई कसैको आवश्यकता छैन, हामी विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र हौं।” उनले केही देशहरूले हर्मुज जलडमरूमध्य खोल्न सहयोग गर्ने बताए पनि नाम लिन चाहेनन्। “म केही अवस्थामा उनीहरूलाई सहयोग मागिरहेको छैन किनकि हामीलाई उनीहरूको आवश्यकता छ, बरु उनीहरूले कसरी प्रतिक्रिया दिन्छन् भन्ने जान्नका लागि,” ट्रम्पले भने।

ट्रम्पले लामो समयदेखि आफ्नो विश्वास रहेको बताए “हामीलाई सहयोग चाहिएको बेला उनीहरू हाम्रो साथमा हुँदैनन्” र अहिले उनीहरूले त्यही प्रमाणित गरिरहेका छन्। उनले थपे, “४० वर्षसम्म हामीले तिमीहरूलाई सुरक्षा दियौं र तिमीहरू एउटा सानो कुरामा पनि संलग्न हुन चाहँदैनौ ?” युरोप, जापान र अन्य देशहरूले पर्सियन गल्फको तेलमा अमेरिकाभन्दा बढी निर्भर रहेको उनले औंल्याए।

यद्यपि, ट्रम्पले “धेरै देशहरूले मलाई उनीहरू आउँदैछन् भनेका छन्” बताए। तर नाम सोध्दा उनले “अहिले नाम लिन चाहन्न, तर चाँडै घोषणा गर्नेछौं” भने।

हर्मुज जलडमरूमध्य खोल्ने अन्तर्राष्ट्रिय गठबन्धन निर्माण गर्ने ट्रम्पको प्रयासमा सबैभन्दा कडा अस्वीकार जर्मनीबाट आएको छ। जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले भने, “यो हाम्रो युद्ध होइन, हामीले यो सुरु गरेका होइनौं।” जापान, इटाली र अस्ट्रेलियाका उच्च अधिकारीहरूले पनि सोमबार आफ्ना देशहरूले हर्मुज खोल्ने प्रयासमा भाग नलिने बताएका छन्।

युरोपेली संघकी उच्च कूटनीतिज्ञ काजा कालासले भनिन्, “यो युरोपको युद्ध होइन, तर युरोपको हित प्रत्यक्ष रूपमा जोडिएको छ।” फ्रान्स, दक्षिण कोरिया र बेलायत जस्ता देशहरूले अझै स्पष्ट जवाफ दिएका छैनन्। बेलायती प्रधानमन्त्री केयर स्टार्मरले आफ्नो देश “ठूलो युद्धमा तानिन नचाहने” बताएका छन्।

इरानले तेल ढुवानीको मुख्य चोक प्वाइन्ट हर्मुज जलडमरूमध्यमा अधिकांश ट्राफिक अवरुद्ध गरेको छ । शनिबार ट्रम्पले सामाजिक सञ्जालमा अन्य राष्ट्रहरूलाई अमेरिकासँगै युद्धपोत पठाउन आह्वान गरेका थिए। पहिलो पटक जब ट्रम्पले इरानविरुद्ध व्यापक गठबन्धन निर्माण गर्न उत्सुक देखिएका छन्। तर उनी यस्ता सहयोगीहरूबाट सहायता मागिरहेका छन् जससँग उनले युद्ध सुरु गर्नुअघि सल्लाह गरेका थिएनन् र जसलाई उनी बारम्बार “फ्रीलोडर” (अर्काको खर्चमा फाइदा लिने) भनेर आलोचना गर्दै आएका छन्।

अमेरिका–इजरायलको इरानविरुद्धको हवाई युद्ध अहिले तेस्रो साता चलिरहेको छ। यसमा २,००० भन्दा बढी मानिस मारिएका छन्, मारिनेहरु अधिकांश इरान र लेबनानका नागरिक रहेका छन् । इरानले छिमेकी देशहरू र गल्फमा रहेका जहाजहरूमाथि रकेट र ड्रोन आक्रमण गरेको छ। यसले वैश्विक ऊर्जा मूल्यमा ठूलो वृद्धि गरेको छ। ब्रेन्ट क्रुडको मूल्य सोमबार क्षणिक रूपमा १०६ डलर पुगेको थियो, भने केही समयपछि १०० डलरमा झरेको छ।

अन्य समाचारहरू
लेबनानमा आक्रमणः द्वन्द्व कम हुने कुनै संकेत देखिएको छैन। इजरायली रक्षा मन्त्री इजरायल काट्जले दक्षिणी लेबनानमा “जमिनी अपरेसन” सुरु गरेको बताएका छन्। यसले ठूलो आक्रमणको डर बढाएको छ। लेबनानबाट ८ लाखभन्दा बढी मानिस विस्थापित भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। इजरायलले इरानमाथि “व्यापक आक्रमण” गरेको बताएको छ।
चीन सम्मेलनः ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले इरानसँगको युद्धका कारण ट्रम्पको चीन भ्रमण ढिलो हुन सक्ने बताएकी छन्। यो द्वन्द्वले विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्धमा छाया पारेको देखिन्छ।
मृत्यु संख्याः इरानका संयुक्त राष्ट्र प्रतिनिधिले बुधबार सुरक्षा परिषद्मा बताए अनुसार युद्ध सुरु भएयता इरानमा कम्तीमा १,३४८ सर्वसाधारण मारिएका छन्। लेबनानमा ८८६ जनाको मृत्यु भएको छ। इजरायलमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। पेन्टागनका अनुसार युद्ध सुरु भएयता १३ अमेरिकी सैनिक मारिएका छन्।

यो युद्धले मध्यपूर्वको ठूलो भागलाई प्रभावित पारेको छ र वैश्विक ऊर्जा बजारलाई अस्थिर बनाएको छ। ट्रम्पको सहयोगी राष्ट्रहरूप्रतिको आलोचना र गठबन्धन निर्माण प्रयासले अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ तनाव थपेको अमेरिकी सन्चारमाध्यमहरुले प्रमुखताका साथ उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

सम्बन्धित

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com