ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया


एबीसी न्यूज

पोखरा, ५ पुस । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहेको कालाबाङ सामुदायिक होमस्टेमा ‘पोखरामा पर्यटन प्रवद्र्धनमा आदिवासी जनजाति पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको हो ।

पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा पोखरा महानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ अर्यालले पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा पत्रकारको भूमिका उल्लेखनीय रहेको बताए । नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरी चिनाउनुमा आदिवासी जनजातिको संस्कार, संस्कृतिको मुख्य भूमिका भएको उनको भनाई थियो । उनले भने, ‘आदिवासी जनजातिहरुको संस्कृतिले नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका खेलिरहेको छ, यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो ।’ साथै अहिले पोखरा महानगरपालिकाले पोखराको पर्यटकलाई मध्यनजर गरेर, प्रकृति, संस्कृति र साहसिक पर्यटनलाई ध्यान दिइरहेको उनको भनाई छ ।

कार्यक्रममा व्यवसाय केन्द्र पोखराका प्रमुख नवराज अधिकारीले पर्यटन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरा अति उपयुक्त ठाउँ भएको बताए । पोखराको पर्यटन क्षेत्रलाई यहाँ आयोजना हुने मेला महोत्सवले समेत टेवा पु¥याइरहेको उनको भनाई थियो । यो वर्ष पोखरा महानगरपालिका पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर अगाडि बढेको कार्यक्रममा उनले बताएका छन् । उनले भने, ‘आफ्नो लक्ष्य पुरा गर्न महानगर निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ ।’

फोनिजका संघीय महासचिव समीर बलामीले पर्यटनको क्षेत्रमा पोखरा कास्की मात्रै नभएर समग्र नेपालकै प्रतिनिधित्व गर्ने बताए । आदिवासी जनजातिको संस्कृति र पर्यटन क्षेत्र एकअर्काको परिपुरक भएको महासचिव बलामीको भनाई छ । आदिवासी जनजातिको रैथाने उत्पादनलाई प्रोत्साहित गर्नु आजको आवश्यकता भएको उनको भनाई छ ।

आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका संघीय सल्लाहकार डण्ड गुरुङ, उजिर मगर लगायतले पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्ने र यसमा पत्रकारहरुले साथ दिनुपर्नेमा जोड दिएका थिए ।

शनिबार नै कालाबाङमा फोनिजको तेस्रो पूर्ण बैठक भएको छ । बैठकमा फोनिजको संघीय कार्यसमिति, ७ वटै प्रदेशका जिल्ला इन्चार्जसहित पदाधिकारी र गण्डकी अन्तर्गतका जिल्ला अध्यक्ष र पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com