ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकचालिस वर्षको उमेरमा ५०औँ पटक रक्तदान


admin

बेनी, म्याग्दी, २२ चैत । मानिसहरू धर्मका लागि मन्दिरमा जान्छन्, देवतालाई पुज्छन्, दान गर्छन् र आत्मसन्तुष्टि लिने गर्छन् । तर, अरूलाई सहयोग गर्ने र आफ्नै शरीरको रगत दिएर अरूलाई बचाउने मानिस भने विरलै पाइन्छन् । यिनै विरलै पाइने मानिसमध्येका एक हुनुहुन्छ म्याग्दीका समाजसेवी सुरत केसी ।

एकचालिस वर्षीय केसीलाई म्याग्देलीले ‘म्याग्दीका दधिचि’ (अरूका लागि आफ्नो शरीरको अङ्गसमेत काटेर दिनसक्ने दानी व्यक्ति) भन्छन् । विसं २०५४ मा महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्ययनरत रहँदा पहिलो पटक रक्तदान गरेको बताउने केसीले अहिलेसम्म ५०औँ पटक रक्तदान गरेर अरूलाई नयाँ जीवन दिनुभएको छ ।

केसीले हाइपोप्लाष्टिक एनिमिया भएर थलिएका, क्यान्सर भएर किमो गर्नुपर्ने अवस्थामा पुगेका, शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्ने महिला, गाडी दुर्घटना भएकालगायत दर्जनौँ व्यक्तिलाई आफ्नो रगत दिएर बचाउनुभएको छ ।

सामान्यतयाः रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न मिल्ने चिकित्सकको परामर्श रहने गर्छ । तर अरूको दुःख देख्नै नसक्ने केसीले तीन महिना नपुग्दै पुनः रक्तदान गरेर यही चैत १८ गते एकजना युवतीको ज्यान बचाउनुभएको छ ।

केसीको रगत ‘ए’ प्लस समूहको हो । रक्त सञ्चार केन्द्र बेनीमा ‘ए’ प्लस समूहको आठ प्वाइन्ट रगत हुँदाहुँदै पनि ‘प्लेटलेट्स’ बढी भएका (७० किलोभन्दा बढी तौल भएका व्यक्ति) को रगत आवश्यक परेपछि केसीले ती युवतीलाई रक्तदान गरेर जीवन बचाइदिनाका साथै जिल्लामा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिको परिचय बनाउनुभएको हो ।

केसीलाई उदार हृदय भएका सहयोगी मान्छे भनेर उहाँलाई नजिकबाट चिन्नेहरूले बताउने गर्छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य एवं म्याग्दीका युवा समाजसेवी प्रकाश पौडेलले केसीलाई अरूको दुःख देख्नै नसक्ने र आफ्नो सुखको ख्यालै नगर्ने ‘विन्दास मान्छे’ को रूपमा चिन्ने गरेको बताउनुभयो ।

केसी पत्रकार महासंघ म्याग्दीको पूर्व अध्यक्षसमेत हुनुहुन्छ । यातायात व्यवसायी र माउण्ट एभरेष्ट आवासीय माविका सञ्चालकसमेत रहनुभएका केसी नेपाल रेडक्रस सोसाइटी म्याग्दीमा समेत आबद्ध हुनुहुन्छ ।
———

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com