ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाको यातायात व्यवस्थापनमा निर्णायक कदम चाल्ने बेला भयो- मन्त्री दाहाल


abc news
श्रावण १८, २०८२ आईतबार  १ : ५२ बजे

काठमाडौ १८ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनका लागि निर्णायक कदम चाल्ने बेला भएको बताएका छन्। काठमाडौँ उपत्यका संघीय राजधानी एवम् सांस्कृतिक विविधता र सम्पन्नतायुक्त क्षेत्र भएकाले यहाँको यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनु पर्ने उनको भनाइ थियो।

आइतबार ललितपुरमा आयोजित काठमाडौँ उपत्यका शहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्यांकन सम्बन्धित सरोकारवालाको बैठकलाई संवोधन गर्दै उनले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा समेटिएको काठमाडौं उपत्यका नेपालको आर्थिक, सांस्कृतिक र प्रशासनिक गतिविधिको केन्द्र रहे पनि यहाँको यातायात प्रणाली निकै दबाबमा बताएका हुन्।

सन् २०१२ मा बनेको र सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो गुरुयोजना यता यातायातको अवस्था निकै बिग्रिएको र बढ्दो सवारी साधन, अव्यवस्थित शहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम, ढिलाइ र वायु प्रदुषण बढेको मन्त्री दाहालको ठम्याइ छ।

यसले गर्दा दैनिक यातायातलाई मात्र होइन, आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारि रहेकाले यसको व्यवस्थापनमा ढिलाई गर्न नहुने उनको भनाइ छ।
यदि हामीले अहिले पनि निर्णायक कदम नचाले भने, अवस्था थप बिग्रनेछ, जसले उपत्यकाको बस्नयोग्यता र दिगोपनलाई खतरामा पार्नेछ, उनले भने, यो परियोजना छोटो र दीर्घकालीन समाधानहरू खोज्ने हाम्रो अन्तिम अवसर हुन सक्छ।’

कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले उपत्यकाको यातायात व्यवस्थापनका लागि गर्नुपर्ने सहयोग र समन्वयका लागि मन्त्रालय तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

बालुवाटार पुगेर एमाले अध्यक्ष ओलीले गरे प्रधानमन्त्री कार्कीसँग २ घण्टा छलफल

झापास्थित रास्वपा कार्यालय भएको घरमा तोडफोड

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com