पोखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ बाट हराएका भनिएका हायू परिवारका सबै सदस्य गगनगौंडामा फेला गरेका छन् ।
उनीहरूलाई पोखराको माथिल्लो गगनगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाका अनुसार, पक्राउ परेका सबै १६ जनाले आफूहरू मजदुरी (लेबर) गर्न काम पोखरा आएको बताएका छन् ।
उनीहरू गगनगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका ओलियाले जानकारी दिए । उनीहरू शनिबार पोखराको दुई ठाउँमा बसेका थिए ।
१२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा र बाँकी चारजना पोखरा–३०, गगनगौँडास्थित चन्द्र भण्डारीको घरमा बसेका थिए ।









प्रतिक्रिया दिनुहोस्