ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा युवा संघको महाधिवेशन: ओलीपक्षीय थेवे र पोखरेलनिकट पुरीबीच टक्कर


abc news
११ जेष्ठ २०८२, आइतबार   १ : ३३   बजे

काठमाडौ ११ जेठ । पोखराको न्युरोडमा रहेको सभागृह वरपर गाडीका सिसामा ‘युवा संघको १०औँ महाधिवेशनु र अध्यक्ष केपी शर्मा ओलीका तस्बिर(अंकित स्टिकर टाँसिएका चारपांग्रे सवारीसाधनको ताँती छ।

सडक किनारमा पार्किङ गरिएका गाडीमा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको झण्डा फहराइरहेका छन्।

शुक्रबार अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गरेपछि एमालेको सशक्त युवा संगठनलाई चुनावले छपक्कै छोपेको छ।

युवा संघको नयाँ नेतृत्व छान्न देशभरबाट १ हजार ७ सय प्रतिनिधि पोखरामा भेला भएका छन्।

भिडको कल्याङल्याङ शनिबारदेखि नाराबाजीमा बदलिएको छ।

एमाले अध्यक्ष ओलीले उद्घाटन सत्रमा युवा संघमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए।

त्यसपछि युवा फाँटका इन्चार्ज तथा केन्द्रीय सदस्य राजीव पहारी, जनसंगठन विभाग प्रमुख तथा केन्द्रीय सदस्य भानुभक्त ढकाल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतहरू त्यही ‘सर्वसम्मति’को प्रयासमा लाग्दा नाराबाजी सुरु भएको हो।

खासमा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतहरू पार्टी अध्यक्षको निर्देशन भन्दै आफूअनुकूलको नेतृत्व ल्याउने कसरतमा छन्।

उनीहरूले अध्यक्ष ओलीले रुचाएका वर्तमान अध्यक्ष क्षितिज थेवेलाई नै दोहोर्‍याउने प्रयास थालेपछि वर्तमान महासचिव सुमन पुरीले आपत्ति जनाए। यसपछि अन्य समूह पनि नाराबाजीमा उत्रिए। जसका कारण शनिबार नै हुनुपर्ने मतदाता नामावली प्रकाशन हुन सकेन।

युवा संघनिकट स्रोतका अनुसार महेश बस्नेत पक्षले पार्टी अध्यक्ष ओलीले नै रुचाएका वर्तमान अध्यक्ष थेवे नेतृत्वमा नयाँ कार्यसमितिको खाका बनाए पनि त्यसमा महासचिव पुरी सहमत भएनन्।

यसपछि अध्यक्षका अन्य आकांक्षी( वर्तमान उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरुङले पनि आफूपक्षीय युवालाई नाराबाजीमा उतारेर निर्वाचनको माग गर्न लगाए।

सहमतिको प्रयास असफल भएपछि शनिबार साँझ नै पूर्वअध्यक्ष महेश बस्नेतले थेवेको नेतृत्वमा निर्वाचनमा होमिने टिमको खाका कोर्न थाले।

केपी ओलीपक्षीय भनिएको त्यो टिममा निर्वाचन समितिले भोटिङ मेसिनको प्रबन्ध गर्न थाल्यो।

गृहथलो पोखरा नै रहेका पूर्वगृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीको पनि लामो समयदेखि युवा संघ नेतृत्वप्रति चासो छ। यसैले पोखरामै महाधिवेशन भइरहेकाले उनी पनि स्वाभाविक रूपले आफूनिकटका व्यक्तिलाई युवा संघको नेतृत्वमा ल्याउने प्रयत्नमा छन्।

एमाले महासचिव शंकर पोखरेलनिकट अधिकारीले महाधिवेशनमा शंकरकै नजिकका मानिने युवा संघका वर्तमान महासचिव सुमन पुरीलाई समर्थन गर्ने सन्देश प्रवाह गरे। जसका कारण सर्वसम्मतिको प्रयासभन्दा पनि चुनावमा जाने माहोल बन्यो।

अहिले दुवै पक्षका नेताहरू टिम बनाउने काममा जुटिरहेका छन्। एमाले युवा फाँट इन्चार्ज राजीव पहारीका अनुसार अहिलेसम्म पनि सर्वसम्मतिको प्रयासमा छ।

एमालेका एक नेताका अनुसार समय घर्किँदै जाँदा सर्वसम्मतिको प्रयास लगभग विफल नै भएको छ। चुनावी माहोल तात्दै गर्दा केपी ओलीसँगै रहेका तर दोस्रो पुस्ताका नेताहरूबीच शक्ति आफ्ना पक्षमा पार्ने खेल सुरु भएको छ।’

‘यो घोषित पनि हो र अघोषित पनि हो, युवा संघमा महेश बस्नेत आफ्नो बर्चस्व चाहन्छन्,’ ती नेताले भने, ‘अर्को समूह र खासगरी शंकर पोखरेल, गोकुल बास्कोटा र खगराज अधिकारीहरू फरक तरिकाले अगाडि बढ्दै छन्। चुनावमा यी दुई समूहबीच नै प्रतिस्पर्धा हुने अवस्था सिर्जना भएको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन शुरु, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित

सम्बन्धित

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अर्जेन्टिनाको पोजेसन खेल र अस्ट्रियाको काउन्टर अट्याक आमनेसामने

नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group