काठमाडौ ११ जेठ । ताइवानले चिनियाँ विमान र उनीहरूका युद्धपोतले सीमा उल्लंघन गरेको आरोप लगाएको छ।
ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले आइतबार चिनियाँ विमान र उनीहरूका युद्धपोत ताइवानवरिपरि घुमिरहेको देखिएको बताएको हो।
ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ुआइतबार बिहान ६ बजेतिर पिपुल्स लिबरेसन आर्मीको लडाकु विमानले ताइवानवरिपरिको मध्य रेखा पार गर्यो र आठ पिपुल्स लिबरेसन आर्मी नेवी युद्धपोतहरूले सीमा उल्लंघन गरे।ु
उसले अगाडि भनेको छ, ुहामीले परिस्थितिमा नजर राखेका छौँ र तद्नुसार प्रतिक्रिया दिएका छौँ।ु
यसअघि शनिबार पनि ताइवानवरिपरि आठ चिनियाँ विमान, १३ युद्धपोत र दुई आधिकारिक जहाज देखिएको दाबी ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले गरेको छ।







प्रतिक्रिया दिनुहोस्