ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले गरिब देशहरूमा बाल खोपको कोष बन्द गर्ने


एबीसी न्यूज
चैत्र १४, २०८१ बिहीबार  ७ : १७ बजे

काठमाडौं १४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गरिब देशहरूमा बालबालिकाका लागि खोप किन्न मद्दत गर्ने संस्था ‘गाभी’ का लागि अमेरिकी कोष अन्त्य गर्ने र औलोविरुद्ध लड्ने प्रयासहरूलाई घटाउने योजना बनाएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीले तयार पारेको दस्तावेजमा विभिन्न कटौतीहरूका बारेमा खुलासा गरेको द न्युयोर्क टाइम्सले जनाएको छ ।

सन् २००० मा ‘गाभी’ को स्थापना भएदेखि अमेरिकाले ७८ देशमा एक अर्बभन्दा धेरै बालबालिकालाई खोप लगाउन सहयोग गरेको छ । यसले भविष्यमा हुने एक करोड ८० लाखभन्दा बढी मृत्युलाई रोकेको छ ।

ट्रम्प प्रशासनले एचआईभी र क्षयरोगको उपचार गर्ने औषधिहरूका लागि भुक्तानी गर्ने, गृहयुद्ध र प्राकृतिक प्रकोपहरू भइरहेका राष्ट्रहरूलाई खाद्य सहायता प्रदान गर्ने केही अनुदानहरूलाई भने निरन्तरता दिने खबरमा उल्लेख छ ।

ट्रम्पले पदभार ग्रहण गरेदेखि अमेरिकाले विदेशी सहायतालाई नाटकीय रूपमा घटाएको छ । नयाँ प्रशासनको ‘अमेरिका फर्स्ट’ नीतिसँग मिल्दोजुल्दो बनाउन झन्डै ८० प्रतिशत सम्झौताहरू अचानक कटौती गरिएको छ जसले गर्दा विश्वव्यापी रूपमा अराजकता, भ्रम र पीडा बढेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com