ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घिसिङलाई हटाउने निर्णयमा पुनर्विचार गर्न लेखा समितिले प्रधानमन्त्रीलाई पत्र पठाउनुपर्ने कांग्रेस सांसदको माग


एबीसी न्यूज
११ चैत्र २०८१, मंगलबार   ८ : ३८   बजे

काठमाडौं १२ चैत । सत्तारुढ कांग्रेसका सांसद रामकृष्ण यादवले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयमा पुनर्विचार गर्नका लागि सार्वजनिक लेखा समितिले प्रधानमन्त्रीलाई पत्र पठाउनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसद यादवले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउने निर्णय सही नभएको बताए । कुलमान घिसिङलाई पदबाट नहटाउनुपर्ने थियो । अहिले चर्चापरिचर्चा भएको छ, यादवले माग गरे, लेखा समितिका तर्फबाट प्रधानमन्त्रीलाई उक्त निर्णयमा पुनर्विचार गर्न पत्र पठाउनुपर्छ ।

एमाले सांसद ऋषिकेश पोखरेल सभापति रहेको लेखा समितिमा कुलमान घिसिङका सम्बन्धमा कुरा राख्न रोक लगाइएको थियो । सत्ता र प्रतिपक्षका सांसदहरूले घिसिङलाई हटाउने निर्णयको विरोध गर्दा सभापति पोखरेलले कार्यसूचीमा नरहेको विषय नराख्न निर्देशन दिएका थिए ।

माओवादी सांसद अमनलाल मोदीले काम गर्ने अधिकारीलाई सरकारले बर्खात गरेको भन्दै आपत्ति जनाएका थिए । सरकारले बिचौलियाको काम गरिरहेको उनको आरोप थियो ।

सभापति पोखरेलले घिसिङको विषयमा कुरा राख्दा रोक्न खोजेपछि मोदीले भने, लेखा समिति सरकारको छायाको काम गरिरहेको छ । उनले सभापति पोखरेललाई राजीनामा गर्न भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group