ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलंकी ग्याङफाइट : ३ जनाको उपचार जारी, हत्या आरोपमा १५ जना पक्राउ


एबीसी न्यूज

काठमाडौं १२ चैत । सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडक खण्डमा भएको ग्याङफाइटमा हत्या भएका व्यक्तिको अनुसन्धानका लागि प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ ।

ग्याङफाइट भएको सूचना पाएलगत्तै प्रहरी वृत्त कालीमाटी, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानहरुबाट १५ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकाहरु मध्ये हत्यामा क(कसको संलग्नता छ भन्ने विषयमा स्क्रिनिङ गर्ने काम भइरहेको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
‘नियन्त्रणमा रहेका मध्येहरुबाट स्क्रिनिङ गरेपछि बल्ल कसको संलग्नता रहेछ भन्ने थाहा हुन्छ । अनि मात्रै हामी सार्वजनिक गर्छौं’, एसपी बोहोराले भने ।

ग्याङफाइटमा परेर काठमाडौं ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोलेको मृत्यु भएको थियो । गम्भीर घाइते रहेका उनलाई कलंकीस्थित शहीद ममोरियल अस्पताल लगिए पनि डाक्टरले राति ८ बजे मृत घोषित गरेका थिए ।
सोमबार साँझ साढे ७ बजेतिर एलआरआई स्कुल नजिक झडप भएको थियो । प्रहरीका अनुसार होलीको दिनको घटनालाई लिएर दुई समूहबीच विवाद भएको थियो । विवाद भएपछि २१ वर्षीय रोहित खड्का, विनय लामा, पर्वित श्रेष्ठले रड, खुकुरी र मुक्का प्रहार गरेको प्रहरीको भनाइ छ ।

झडपमा घाइते भएका नागढुंगा बस्ने २३ वर्षीय सन्दीप भुजेल, हटौंडा घर भई नैकाप बस्ने २२ वर्षीय चक्रे भनिने पवन तामाङ र चन्द्रागिरि नगरपालिका(१४ बस्ने २२ वर्षीय पासाङ शेर्पाको उपचार भइरहेको एसपी बोहोराले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com