ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राम्रो पारिश्रमिक नपाउँदा विदेश जाने बढे- महानिर्देशक कमलराज भट्टराई


एबीसी न्यूज
७ चैत्र २०८१, शुक्रबार   ५ : २१   बजे

काठमाडौं ७ चैत । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक कमलराज भट्टराईले नेपालमा राम्रो पारिश्रमिक नपाउँदा विदेश जाने बढ्ने गरेको बताएका छन्।

महानिर्देशक भट्टराईले न्यूनतम पारिश्रमिक कार्यान्वयन गनुपर्ने बताउँदै बाँच्नलाई पुग्ने रकम पाउनुपर्ने बताएका हुन्।
विभागमा पत्रकार सम्मेलन गर्दै उनले न्यूनतम पारिश्रमिक धेरै ठाउँमा कार्यान्वयन भए पनि सबै ठाउँमा नभएको उल्लेख गरे।

भट्टराईले पारिश्रमिक दिनेले सक्नेजति दिनुपर्ने र पाउनेले नेपालको अवस्थाअनुसार चित्त बुझाउँदा मात्रै श्रम क्षेत्र सहज हुने बताए।

सरकारले गत फागुन २६ र २७ मा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भव्य रुपमा सम्पन्न गरेको थियो। आर्थिक वर्ष २०८१÷८२ देखि २०९१÷९२ लाई राष्ट्रिय रोजगार दशकको रुपमा मनाउने घोषणा समेत गरिसकेको छ।

विभागले गरेको कामका विषयमा जानकारी दिँदै विभिन्न रोजगारदाता संस्था तथा सामाजिक सुरक्षा कोषबीच सम्झौतामार्फत कोषमा सूचीकृत गर्ने प्रक्रियालाई तीव्रता दिइएको छ।

मर्यादित श्रमका लागि श्रमसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिहरुको अनुमोदनका लागि कार्ययोजना बनाई काम भइरहेको, प्रतिष्ठान, सीप तथा श्रमिकलाई औपचारिकीकरण गर्दै लैजानका लागि पूर्वतयारीका कार्य भइरहेको र श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण समितिले काम सुरु गरिसकेको अवस्था छ।

विभागले आफ्नो सीमित साधनस्रोतका बाबजुद मर्यादित एवं असल श्रम अभ्यासका लागि गर्नुपर्ने सहजीकरण, अनुगमन, निरीक्षण एवं नियमनका कार्यहरुलाई यथाशक्य प्रभावकारी रुपमा सञ्चालन गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group