ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, सतर्क रहन चेतावनी


एबीसी न्यूज
चैत्र ८, २०८१ शुक्रबार  ५ : १८ बजे

काठमाडौं ७ चैत । दक्षिण(मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म तीनपटक विस्फोट भएको छ।

विस्फोटले आठ हजार मिटर अग्लो खरानी स्तम्भ पठाउँदै अधिकारीहरूलाई ज्वालामुखी वरपरको खतराको क्षेत्र विस्तार गर्न प्रेरित गरेको थियो। स्थानान्तरणका बारेमा जानकारी तत्काल उपलब्ध थिएन।

पूर्वी नुसा तेङ्गारा प्रान्तको फ्लोरेसको दुर्गम टापुमा रहेको ज्वालामुखीमा सयौँ भूकम्प आएका छन् र पछिल्लो सात दिनमा दृश्यमान ज्वालामुखी गतिविधि उल्लेखनीय रूपमा बढेको छ।

अधिकारीहरूले विस्फोटको चेतावनीलाई उच्चतम स्तरमा बढाएका छन् र खतराको क्षेत्रलाई क्रेटरबाट सात किलोमिटरबाट आठ किलोमिटरमा विस्तार गरेका छन्।

विस्फोटका कारण केही एयरलाइन्सले अस्ट्रेलिया र इन्डोनेसियाको पर्यटकीय द्वीप बालीका बीचको उडानहरू रद्द गरेका छन् भने टापुमा अन्य अन्तर्राष्ट्रिय र घरेलु उडानहरू ढिलाइ भएका छन्।
ज्वालामुखीबाट निस्कने नदीहरूमा लाभा प्रवाहलाई उत्प्रेरित गर्ने भारी वर्षाको बारेमा बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिइएको इन्डोनेसियाको भूगर्भीय एजेन्सीले एक विज्ञप्तिमा बताएको छ।

नोभेम्बरमा माउन्ट लेवोटोबी लाकी लाकीको विस्फोटमा नौ जनाको मृत्यु भएको थियो र दर्जनौँ घाइते भएका थिए।

एक हजार पाँच सय ८४ मिटर उचाइको पर्वत फ्लोरेस तिमुर जिल्लाको माउन्ट लेवोटोबी पेरेम्पुआनसँग जोडिएको जुम्ल्याहा ज्वालामुखी हो।

इन्डोनेसिया २७ करोड जनसङ्ख्या भएको द्वीपसमूह हो। यहाँ बारम्बार भूकम्पीय गतिविधि हुन्छन्।

यसमा एक सय २० वटा सक्रिय ज्वालामुखी छन् र यो ‘रिङ अफ फायर’ मा अवस्थित छ। रिङ अफ फायर प्रशान्त बेसिनलाई घेरेको भूकम्पीय फल्ट लाइनहरूको घोडे(नाल आकारको शृङ्खला हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com