ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनलाई सुरक्षा नदिए रुसले युद्ध विराम उल्लङ्घन गर्ने बेलायतको आशङ्का


एबीसी न्यूज
७ चैत्र २०८१, शुक्रबार   १ : २६   बजे

काठमाडौ ८ चैत । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले युक्रेनलाई सुरक्षा नदिए रुसले कुनै पनि बेला युद्ध विराम उल्लङ्घन गर्ने आशङ्का व्यक्त गर्नुभएको छ ।

उहाँले युक्रेनलाई सुरक्षित नबनाए रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि समय युद्ध विराम भङ्ग गर्न सक्ने आशङ्का व्यक्त गर्नुभएको हो । उहाँले रुस र युक्रेनको बीचमा भइरहेको युद्ध रोक्न शान्ति सम्झौता गरेर पूर्ण रूपमा कार्यान्वयन गर्दै सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिनुभएको हो ।

बेलायतमा २० भन्दा बढी देशका प्रतिनिधि भेला भएर युक्रेनको सुरक्षाका लागि सेना तयार गर्न गरेको छलफलमा स्टार्मरले यस्तो बताउनुभएको बीबीसीले जनाएको छ ।

युद्ध विराम उल्लङ्घन गरेमा आफूलाईसमेत अप्ठेरो पर्ने कुरा रुसले महसूस गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

बेलायतमा अहिले भइरहेको सैन्य छलफल युक्रेनलाई कसरी सीमा, आकाश र समुद्रमा नै सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित भएको स्टार्मरको भनाइ छ । बेलायतले यसअघिदेखि युक्रेनमा सेना पठाउन सक्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन शुरु, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित

सम्बन्धित

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group