ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन : गुट अन्त्य गराउन केन्द्रित


admin
चैत्र ५, २०७४ सोमबार  ४ : १३ बजे

नुवाकोट, ५ चैत ।  नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलनको तयारी तीव्र बनाइएको छ ।

सम्मेलन यही चैत ७ गतेदेखि ९ गतेसम्म नुवाकोट र रसुवामा संयुक्तरुपमा हुन लागेको हो । सम्मेलनको आवश्यक तयारी पूरा भएकाले केही आन्तरिक व्यवस्थापनको काम मात्र बाँकी रहेको काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका संयोजक एवं काठमाडौँ कोषाध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिनुभयो ।

उहाँको अनुसार काँग्रेस जिल्ला कार्यसमिति नुवाकोट र कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका पदाधिकारीको संयुक्त बैठकले भेला तयारीको लागी विभिन्न समिति गठन तथा कार्य जिम्मेवारी प्रदान गरी तयारी तीव्र बनाइएको छ ।

काँग्रेस जिल्लाका कोषलाई पारदर्शी, समृद्धि, सुदृढ र जवाफदेही बनाउन भेला केन्द्रित हुने पुडासैनीले बताउनुभयो । “पछिल्ला निर्वाचनले पार्टी कमजोर भइरहेको समयमा हुन लागेको भेलाले बलियो बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

सम्मेलनअन्तर्गत काँग्रेस नुवाकोटको पार्टी कार्यालय विदुरमा चैत ७ गते पार्टीको केन्द्रीय नेता सम्मिलित उद्घाटन समारोह र ८ गते बन्दसत्रसहित प्रशिक्षण तथा ९ गते रसुवाको स्याफ्रुबेँसीमा भेलाको समीक्षा बैठकसहित पत्रकार सम्मेलन हुने रसुवा कोषाध्यक्ष पदम न्यौपानेले बताउनुभयो ।

सम्मेलनमार्फत वर्तमान सन्दर्भमा काँग्रेसको कमजोर अवस्था र कार्यकर्तामा छाएको निरासाको समीक्षा हुने तनहुँ कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । “उद्घाटन समारोहमा एकै स्थानमा भेला हुने शीर्ष नेताले पार्टी एक भएको सन्देश दिन्छ ।”

सम्मेलन तयारीको लागि नुवाकोट र रसुवा पार्टी कार्यसमिति परिचालन भइरहेको नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इस्लामाबादमा शक्ति संवाद: अमेरिका–इरान आमनेसामने, युद्धपछि शान्तिको परीक्षा !

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

ट्रम्पको दाबी : हर्मुज जलडमरु ‘छिट्टै’ खुल्छ, अमेरिका–इरान पाकिस्तानमा वार्तातर्फ

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

इस्लामावादमा अमेरिका–पाकिस्तान–इरानबीच प्रत्यक्ष वार्ता सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com