ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका सँग गाजालाई ’लिन’ अधिकार छः राष्ट्रपति ट्रम्प


ABC News

काठमाडौं ३० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसंयुक्त राज्य अमेरिकाले गाजालाई “लिन“ सक्ने अधिकार रहेको धारणा दोहराएका छन् । उनले भने ‘अहिले त्यहाँ बस्ने प्यालेस्टिनीहरूलाई क्षेत्रका अन्य देशहरूले अवशोषण गर्नेछन्’ ह्वाइट हाउसको ओभल अफिसमा जोर्डनका राजा अब्दुल्लाह द्वितीयलाई सँगै राखेर उनले यस्तो धारणा दोहराएका हुन् । “हामीसँग गाजा हुनेछ,“ ट्रम्पले भने। “यो युद्धग्रस्त क्षेत्र हो। हामी यसलाई लिन्छौं। हामी यसलाई नियन्त्रणमा राख्छौं। हामी यसलाई माया गर्छौं।“
ट्रम्पका यी टिप्पणीहरू उनले जोर्डनका राजासँगको द्विपक्षीय भेटघाटको सुरुआतमा पत्रकारहरूसँग व्यक्त गरेका हुन् ट्रम्पको यो भनाइले जोर्डनका राजा अब्दुल्लाहमाथि नयाँ प्रकारको दबाब बढाएको वाशिंगटनपोष्टले उल्लेख गरेको छ । राजा अब्दुल्लाहले ट्रम्पलाई मध्यपूर्वमा शान्तिको शक्ति भनेर वर्णन गर्ने प्रयास गरेका थिए । तर राष्ट्रपति ट्रम्पले अघिल्लो सातादेखि बारम्बार उठाउँदै आएको प्रस्तावबारे प्रत्यक्ष प्रतिक्रिया दिन भने राजा अव्दुल्लाहले नचाहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले केही दिनअघि घोषणा गरेका थिए‘संयुक्त राज्य अमेरिकाले गाजालाई नियन्त्रण लिन चाहन्छ र करिब २० लाख प्यालेस्टिनीहरूलाई जोर्डन र इजिप्टमा पुनर्वास गराउन चाहन्छ।’

ट्रम्पले गत साता इजरायली प्रधानमन्त्री नेतान्याहु सँगको संयुक्त पत्रकार सम्मेलनमा यस्तो आकस्मिक लाग्ने प्रस्ताव अघि सारेका थिए । लगत्तै जोर्डन र इजिप्ट दुइवटै देशले ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेका थिए। मंगलबार राजा अब्दुल्लाहले गाजाका नागरिकलाई बलपूर्वक स्थानान्तरण गर्ने सम्भावनाबारे पत्रकारहरूले सोध्दा प्रत्यक्ष अस्वीकार नगरेको न्यूयोर्क टाइम्सले समाचारमा उल्लेख गरेको छ।

ट्रम्पको योजनाको साटो राजा अब्दुल्लाहले भने ‘यो विषयमा इजिप्टलगायत अन्य अरब राष्ट्रहरूसँग परामर्श गर्नुपर्छ।’
“मलाई लाग्छ, मुख्य कुरा यो हो कि हामी कसरी यस्तो समाधान निकाल्न सक्छौं, जसले सबैका लागि फाइदा पु¥याओस्,“ राज अव्दुल्लाहले भने “हामीले संयुक्त राज्य अमेरिका, क्षेत्रका जनताको, विशेष गरी जोर्डनका जनताको हितलाई ध्यान दिनुपर्छ।“
यो भेटघाट केवल मध्यपूर्वका एक प्रमुख सहयोगीका लागि मात्र नभई, गाजाको भविष्य र त्यहाँ बस्ने २० लाख प्यालेस्टिनीहरूका लागि पनि निर्णायक क्षण थियो।

युद्धविराम खतरामा, ट्रम्पको हमासलाई अल्टिमेटम

ट्रम्प र अव्दुल्लाहबीचको छलफल त्यस्तो समयमा भएको छ, जतिबेला गाजामा जारी युद्धविराम सम्झौता भंग हुने खतरामा थियो। मंगलबार नेतान्याहुले हमासलाई यदि शनिबार मध्यान्हसम्म बन्धकहरूलाई मुक्त नगरेमा इजरायली सेनाले “तीव्र आक्रमण“ पुनः सुरु चेतावनी दिएका छन् ।
नेतान्याहुको यो चेतावनी ट्रम्पले सोमबार साँझ दिएको अल्टिमेटमको कार्यान्वयन हो । मंगलबार फेरि ट्रम्पले भनेः “उनीहरूले शनिबार मध्यान्ह १२ बजेभित्र बन्धकहरू रिहा गरेनन् भने, सबै सम्झौता खारेज हुनेछ।“
हमासले इजरायलमाथि गाजामा हजारौं टेन्ट पठाउने वाचा तोडेको आरोप लगाएको छ। तीन इजरायली अधिकारी र दुई मध्यस्थहरूले यो आरोप सही भएको बताएका छन्। तर, इजरायली सैन्य निकायले हमासको दाबीलाई “पूर्ण रूपमा झूट“ भनेको वाशिंगटन पोष्टको समाचारमा उल्लेख छ।

गाजाको भविष्य र ट्रम्पको विवादास्पद प्रस्ताव

हालैका दिनहरूमा ट्रम्पले गाजाका अधिकांश प्यालेस्टिनीहरूलाई ‘जोर्डन र इजिप्टमा स्थायी पुनर्वास गराउने’ र इजरायलले अमेरिकालाई गाजाको नियन्त्रण हस्तान्तरण गर्ने योजना अघि सारेका छन्। ट्रम्पले निजी रूपमा यो प्रस्ताव हप्तौँदेखि विभिन्न व्यक्तिहरूसँग छलफल गरिरहेका थिए।
तर, जोर्डन र इजिप्ट दुबै देशले ‘बलपूर्वक गाजावासीलाई हटाउने प्रस्ताव अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र जातीय सफाया’ भन्दै आएका छन् । तर, ट्रम्पले जोर्डनका राजा अब्दुल्लाहमाथि दबाब बढाउँदै ‘यदि जोर्डनले प्यालेस्टिनीहरूलाई नलिएमा अमेरिकी सहायता रोक्ने’ चेतावनी दिएका छन् ।

संयुक्त राज्य अमेरिकाले हाल जोर्डनलाई ‘१.५ मिलियन अर्ब डलरभन्दा बढी सहायता’ उपलव्ध गराउँछ। यो सहायताभित्र सैन्य सहयोग पनि समावेश छ। तर, अहिले ट्रम्प प्रशासनले विश्वभर विदेशी सहायता रोक्ने नीति लिएको छ।
जोर्डनका लागि चुनौती के छ भने—उनीहरू ‘१.५ मिलियन अर्ब डलर’ को सहायता जोगाउने कि ट्रम्पको माग अस्वीकार गर्ने ? भन्ने संकट खडा भएको छ ।
जोर्डनमा प्यालेस्टिनीहरूको पुनर्वास अस्वीकार्य

जोर्डनका करिब १ करोड २० लाख जनसंख्या मध्ये ५० प्रतिशतभन्दा बढी मानिस प्यालेस्टिनी मूलका छन्। अहिले जोर्डनमा करिब ७ लाख शरणार्थीहरू छन्, । उनीहरु अधिकांश सिरियाली गृहयुद्धबाट भागेका हुन्। विश्लेषकहरूका अनुसार ‘२ लाख थप शरणार्थी स्वीकारेमा जोर्डनभित्र आन्तरिक तनाव बढ्न सक्छ।’
जोर्डनको संसदले गत साता मात्र जोर्डनमा प्यालेस्टिनी पुनर्वास प्रतिबन्ध गर्ने विधेयक पेश गरिसकेको छ।
“राजा अब्दुल्लाहले ट्रम्पलाई यो पुनर्वास योजनाले मध्यपूर्वलाई अस्थिर पार्नेछ, जोर्डन–इजरायल शान्ति सम्झौतामा खतरा पुर्याउनेछ, र जोर्डनकै स्थिरतामा चुनौती खडा गर्नेछ,“ भन्ने सन्देश दिने फाउन्डेशन फर डिफेन्स अफ डेमोक्रेसीजका विश्लेषक अहमद शरावी बताएको पोष्टले उल्लेख गरेको छ ।
राजा अब्दुल्लाहले ट्रम्पलाई साउदी अरेबियालाई ‘अब्राहम सम्झौतामा सामेल गराउने अमेरिकाको प्रयास’ कमजोर हुने बताउने सम्भावना छ। ‘अब्राहम सम्झौताअन्तर्गत इजरायलले चार अरब राष्ट्रहरूसँग औपचारिक सम्बन्ध स्थापना गरिसकेको छ।’ ट्रम्पको योजनाले न केवल गाजाको भविष्यमा अनिश्चितता ल्याएको छ, सम्पूर्ण मध्यपूर्वको स्थिरता संकटमा पार्ने खतरा बढाएको छ।
विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com