ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादी मोर्चा सक्रिय बनाउँदै प्रचण्ड, उपेन्द्रलाई मनाउने जिम्मा माधवलाई


एबीसी न्यूज

काठमाडौं २६ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा सक्रिय बनाउने प्रयास अघि बढाएका छन् । यही प्रयासअन्तर्गत प्रचण्डले बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग संवाद गरे ।

सिंहदरबारमा भएको भेटमा माओवादी केन्द्रका तर्फबाट उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीको तर्फबाट वरिष्ठ उपाध्यक्ष बेदुराम भुसाल सहभागी थिए । समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका सम्बन्धमा छलफल भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

समाजवादी मोर्चा लामो समयदेखि निश्कृय छ । ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९नेपाल० र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।

पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल समाजवादी मोर्चामा सक्रिय छैन । बिहीबार माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको भेटमा उपेन्द्र यादवलाई मोर्चामा सक्रिय बनाउने विषयमा छलफल भएको थियो ।

 

नेताहरूका अनुसार अब केही समयभित्रै मोर्चाको बैठक बस्नेछ । त्यसपछि मोर्चाको गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने तय हुनेछ ।

यसबीचमा मोर्चालाई थप विस्तार गर्ने र उपेन्द्र यादवलाई मोर्चामा सक्रिय गराउने जिम्मा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पाएका छन् । नेताहरूका अनुसार अध्यक्ष नेपालले ‘उपेन्द्र यादवसँग म कुरा गर्छु’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

सम्बन्धित

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

रास्वपाभित्र विवाद चर्किँदै :तेह्रथुममा सामूहिक राजीनामा, दाङ–२ मा हस्ताक्षर अभियान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com