ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुरुङ र मगर भाषालाई गण्डकी प्रदेशको सरकारी कामकाजको भाषा कार्यान्वयन गर्न तमु धिँ नेपालको माग


abc tv

पोखरा । गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन आवश्यक ऐन कानून कार्यविधि छिटो निर्माणका लागि तमु धिं नेपालले गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ ।

भाषा आयोगले संविधानत गण्डकी प्रदेश सरकारलाई नेपाली भाषा बाहेक गुरुङ र मगर भाषा सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न सिफारिस गरिएको भएता पनि प्रक्रियामा ढिलाई भएको भन्दै तमु धिं नेपालले पाँच बुँदे ज्ञापन पत्र बुझाएको हो ।

उक्त अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दु कुमार थापा, आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ साथै गण्डकी प्रदशे सभा सदस्यहरु पञ्चराम गुरुङ, गणेशमान गुरुङ, सरस्वती गुरुङ, तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्मा तमुको विशेष उपस्थिति रहेको थियो भने तमु धिं नेपालका कार्यसमिति, क्षेत्रीय समाजका अध्यक्षहरु, तमु धिं नेपाल आमा समिति, युवा समिति तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

ज्ञापनपत्र ग्रहण गर्दै मुख्य मन्त्री पाण्डेले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन आन्तरिक छलफलमा जुटेको साथै आगामि दिनमा सरोकारवाला समुदाय, संघ संस्था र विज्ञहरुसँग विशेष अन्तरक्रिया गरी ऐन, कानून, कार्यविधि निर्माणमा जुट्ने प्रतिवद्धता जनाएका थिए । साथै उनले निर्माण हुने ऐन कानूनमा समुदायको अपनत्व गर्न गराउन आफुहरु सचेत रहेको बताएका थिए ।

तमु धिं नेपाले बुझाएको ज्ञापन पत्रमा गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउने र मातृभाषाको संरक्षण, विकासका लागि गण्डकी प्रदेशमा भाषा आयोगको शाखा स्थापना गर्नुपर्ने, आयोगमा तमु धिं नेपालको प्रतिनिधित्व लगायत संघ संस्थाको सामुदायिक प्रतिनिधित्व हुनुपर्ने, तमु बसोबास रहेको गाँउ, भुगोलहरुको विद्यालयमा मातृभाषा पठन पाठन सुरु गर्नुपर्ने, मातृभाषा खोज, अध्ययन साथै तालिम केन्द्रको व्यवस्था गर्नुपर्ने, तमु (गुरुङ) मातृ भाषामा नामाकृत गाँउ, बस्ती, ठाँउ, भुगोलहरुको नामाकरण पुनः तमु भाषामै नामाकरण गरिनुपर्ने माग गरेको छ ।

यसरी नै ज्ञापन पत्रमा नेपालको संविघानको धारा ६ , ७, ३२, २८७ साथै भाषा आयोग ऐन २०७४ समेत गरी भाषा आयोगको सिफारिस गरेको गुरुङ र मगर भाषालाई गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र कार्यक्रममा समेत प्राथमिकताका साथ सम्बोधन गरेकोमा गण्डकी प्रदेश सरकारलाई धन्यवाद दिँदै कार्यान्वयनका लागि छिटो भन्दा छिटो आवाश्यक प्रकृया अगाडि बढाउन र जसका लागि तमु धिं नेपाल र सम्पुर्ण तमु संघ सस्था, तमुहरुको सहयोगका लागि तयार रहेको तमु धिं नेपालको ज्ञापन पत्रमा उल्लेख छ ।

तमु धिं नेपालले सरकार र राजनितिक नेताहरुका प्रवृतिका सम्बन्धमा सुझाउँदै पटक–पटकको आन्दोलनले व्यवस्थाहरु परिवर्तन त गर्यौं तर अवस्था परिवर्तन गर्न यहाँहरुको पहल हुनेछ । जनताले सरकार खोज्ने, नेता खोज्ने मात्रै नभई गण्डकी प्रदेश सरकार र यहाँका नेताहरुले जनता, संघ संस्थालाई सोध्ने, खोज्ने भावना बुझ्ने हुनुपर्दछ, हाम्रो अपेक्षा हो। फेरि पनि संविधान र संघीयताको मर्म र भावनालाई निति, कार्यक्रमहरु कार्यान्वयनमा सम्बोधन हुनुपर्ने जनाएको छ । कार्यक्रम तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ र महासचिव जुना कुमारी गुरुङले पनि आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com