ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१७औं वर्ष शुभारम्भको हार्दिक शुभकामना !


ABC News

 

आजभन्दा ठीक १७ वर्ष अघि एक भव्य समारोह र उत्कट आशाबीच शुरु भएको ‘क्याचलाइन‘ थियो ‘गाउँ शहर बिउँझाउने हाम्रो अभियान जारी छ ।‘ अर्थात् एबीसी टेलिभिजनले आजबाट १६ वर्ष पूरा गरेर १७ औं वर्ष प्रवेश गरेको छ । तर १७ वर्ष अघिको घोषणा गाउँ शहर र दुनियालाई जिम्मेवारीपूर्वक सुसूचित गर्ने जिम्मेवारी झन बढी गम्भीर र जटिलरुपमा खडा भएको छ । हाम्रो सत्य, तथ्य र सन्तुलित समाचार र विचारको अभियान आज पनि उही जोश जाँगरका रुपमा जारी छ । यद्यपि यस बीचमा विचित्रका जटिलता, राज्यले टेलिभिजनको प्रसारण नै बन्द गर्ने हदसम्मको दुस्साहस र आक्रमणलाई हामीले सहजै छिचोलेर यहाँसम्म आइपुगेका छौं । अर्थात एबीसी उमेरका हिसाबाले टिनएज क्रस गर्ने विन्दुमा आइपुगेको छ । यो अरु बढी जिम्मेवार, गहन र विचारशील बनिरहेको छ । हामी सत्य सूचना र घटनालाई जस्ताकोतस्तै देखाउने हरदम प्रयत्न गर्छौै । वैचारिक मञ्चका रुपमा सम्पूर्णरुपले आजको व्यवस्था र प्रणालीसँग असहमतहरुलाई समेत उदारतापूर्वक स्वगत गर्दछौं । यो नै अभिव्यक्ति स्वतन्त्रताको आधारभूत तत्व हो भन्ने हाम्रो मान्यता छ ।

दुनियाभभर मूल प्रवाहको मिडियाले चर्को संकट र अनेकन जटिलता तथा शासकीय घेरावन्दीको सामना गर्नु परेको प्रभाव नेपालमा पनि परेको छ । (अ)सामाजिक सञ्जालको दूषित र कुसूचनाको प्रसारले दुनियालाई नै लघु–स्मरणवादी र अपोलिटिकल बनाउँदै लैजानु नै सवैभन्दा ठूलो चुनौति बनिरहेको छ । यो स्थितिले सही ट्रयाक अर्थात, आफूलाई मन नपर्ने विचारलाई पनि सहजै सुन्न सक्ने बनाउनु नै उदार लोकतन्त्रमा मिडियाको कर्तव्य हो । यो नै अर्को शव्दमा उदारवादी लोकतन्त्रको आधारभूत दर्शन हो ।

प्रेस स्वतन्त्रता केवल रिपोर्टिङको स्वतन्त्रता मात्र होइन, समाजमा रहेका सवैखाले विचार, प्रणाली, मत र पन्थलाई पनि मञ्च प्रदान गर्नु हो । यो कुनै पक्षधरता वा अराजकता होइन । तर वैयक्तिक अधिकार, बालबालिको मष्तिष्कलाई घात गर्ने, प्रौढ नागरिकलाई तर्साउने खालका साम्रगीको उत्पादन र प्रसारलाई निरुत्साहित गर्नु पनि मिडियाको धर्म हो । यतिबेलाको सवैभन्दा ठूलो चुनौति अति–असहमत पक्षको अवाजलाई स्थान दिने र कुसूचनाको बाढीलाई छिचोल्ने नै हो ।
एबीसी सदाझैं नेपाली समाजका पिंधतहमा रहेका जनतालाई सशक्तिकरण गर्ने, बढीभन्दा बढी त्यस्ता सीमान्तकृत वर्ग, समुदाय, जाति, लिंग तथा भाषाभाषीलाई केन्द्रीय मञ्चमा ल्याउने कुराको घोषितरुपले पैरवी गर्दछ । यसको अर्थ अरु कसैलाई निषेध गर्ने एबीसीले कल्पना पनि गर्न सक्दैन । सम्भ्रान्त वर्गदेखि सीमान्तीकृत जनसमूहको आवाजलाई यथोचित स्थान दिनु नै हाम्रो विविधताको यथार्थता हो ।

पछिल्लो समय शासक र शासकीय मानसिकतामा देखिएको हदैसम्मको जिम्मेवारीविहन निरंकुशता र भ्रष्टाचारलाई सिद्धान्त बनाएको दुर्भाग्यपूर्ण दैनिक अवस्थासँग जुध्नु हाम्रो प्रमुख ध्येय रहेको छ । एबीसीले दृढतापूर्वक (अ)सामाजिक सञ्जालको कुलतबाट राजनीतिक नेतृत्वलाई निकाल्ने, समाजलाई सचेत पार्ने र विभिन्न घोषित पन्थका सञ्जालहरु अब केवल अभिव्यक्ति स्वतन्त्रताका मञ्च नरहेको कुरालाई स्पष्ट गरिरहेको छ । हालैमात्र अमेरिका, फ्रान्स, बेलायत र ब्राजिलजस्ता देशहरुमा भएका केही प्रतिनिधि घटनाले धनी प्रजातन्त्रहरुकै हुर्मत लिइरहेको अवस्थाले हाम्रो जस्ता देशहरुले सबक सिक्नु आवश्यक छ ।
यतिबेला पत्रकारितको लडाईं केवल शासकीय निरंकुशता, स्वतन्त्रताविरोधी व्यवस्था, विभिन्न पन्थ र वादबाट आउने धम्कीसँगमात्र जुधेर नपुग्ने भएको छ । आम मानिसले मिडिया मानेका असामाजिक सञ्जालको लतबाट व्युँझाउने जिम्मेवारी पनि पत्रकारितको चुनौतिको रुपमा खडा भएको छ । यो आफैंमा सवैभन्दा जटिल चुनौति हो । प्रविधिमा भएको विकाससँगै हाम्रो पत्रकारितालाई मैत्रीपूर्ण उपयोगी साधन बनाएर र बनेर मात्र यस्ता चुनौति र आउनसक्ने चुनौतिको सामना गर्न सकिन्छ भन्नेमा हामी दृढ छौं ।
शुरुवातदेखि आजसम्म हामीलाई जसरी माया, आलोचना, विरोध र सहयोग गरेर विभिन्न पक्षहरुले सहयोग गर्दै आउनु भएको छ, ती सबैप्रति हामी नतमस्तक भएर अभिवादन गर्न चाहन्छौं । हामीलाई हामी आफैले घोषणा गरेको मार्गमा अघि बढ्न घच्घच्याइरहने देश विदेशमा रहेका सम्पूर्ण नेपाली दर्शक, विज्ञापनदाता, अतिथि, योगदानकर्ता, टिप्पणीकार, सवै राजनीतिक दल र तिनको नेतृत्व सवैप्रति हामी ऋणी छौं ।
आगामी दिनमा हामी अरु बढी सशक्त र चुस्त–दुरुस्त भएर तपाईंहरुको बीचमा रहिरहने नै छौं । १७ वर्ष प्रवेशको अवसरमा हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com