ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस बैठकमा महामन्त्री शर्माको प्रस्ताव दुईपटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने


एबीसी न्यूज
२५ श्रावण २०८१, शुक्रबार   ५ : ४४   बजे

 

काठमाडौं २५ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटा व्यक्ति दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने गरी राखेको प्रस्तावका विरुद्धमा पार्टी संस्थापन पक्षका नेताहरू देखिएका छन् ।

बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री शर्माले समसामयिक विषयमा प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा एउटा व्यक्ति प्रधानमन्त्री दुईपटक भन्दा बढी बन्न नहुने प्रस्ताव छलफलका लागि पेश गरेका छन् । उक्त प्रस्तावको विरोधमा परराष्ट्रमन्त्री आरजु राणा र पार्टी प्रवक्ता डा। प्रकाशशरण महत देखिएका हुन् ।

 

शुक्रबार पार्टी बैठकमा बोल्ने क्रममा सभापति शेरबहादुर देउवा पत्नी राणा र प्रवक्ता महतले शर्माको प्रस्तावको विरोध गरेको सहभागी एक नेताले जानकारी दिए ।

शर्माको प्रस्ताव अस्वीकार्य रहेको बताउँदै परराष्ट्रमन्त्री राणाले पार्टी बैठकमा भनिन्, ‘संविधानले जतिपटक पनि प्रधानमन्त्री बन्न दिन्छ, कांग्रेसले रोक्ने कसरी मिल्छ ?’

 

पार्टी प्रवक्ता महतले महामन्त्री शर्माको प्रस्ताव व्यावहारिक नभएको टिप्पणी गरे । दुईपटक भन्दा प्रधानमन्त्री हुन नमिल्ने भन्दै ल्याइएको प्रस्ताव सभापतिलाई पुनः प्रधानमन्त्री हुन नदिने उद्देश्यले ल्याइएको उनले आरोप लगाए ।

‘विश्वप्रकाशजीले ल्याएको एक्जिट पोलिसी व्यावहारिक छैन । यसलाई पारित गर्ने हो भने सभापति देउवाले फेरि प्रधानमन्त्री बन्न पाउनुहुन्न,’ महतले भने, ‘यो प्रस्ताव सभापतिलाई फेरि प्रधानमन्त्री बन्न नदिने उद्देश्यले आएको देखिन्छ ।’

महामन्त्री शर्माले एक्जिट पोलिसीमा वानरटुरथ्रीरफोर अनुसार नेतृत्व बहिर्गमन नीति प्रस्तुत गरेका छन् । राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद बढीमा चारपटक हुन पाउने गरी उनले प्रतिवेदन बैठकमा छलफलका लागि पेश गरेका छन् ।

प्रस्तावित एजेण्डालाई पार्टीले पारित गरेमा संवैधानिक व्यवस्था मिलाउन कांग्रेसको पहल हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu