ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु, काठमाडौं उपत्यकामा ३६० जनामा सङ्क्रमण


abc tv
श्रावण २२, २०८१ मंगलबार  ९ : ०० बजे

काठमाडौँ । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी)का अनुसार यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो ।

७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सबै भन्दा बढी सङ्क्रमित सङ्ख्या २८७ जना काठमाडौँ जिल्लाका छन् ।

उपत्यकामा तीन सय ६० जनामा सङ्क्रमण
काठमाडौँ उपत्यकाका तीन सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका २८७ जनामा, भक्तपुर ४२ जनामा र ललितपुरका ३१ जनामा डेंगु पुष्टि भएको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु फैलिएको छ । देशभर २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये तीन सय ६० जना काठमाडौँ उपत्यकामा फेला परेका हुन् । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् ।

यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान समेत गरिएको छ ।

चार जिल्ला डेंगुबाट सुरक्षित

देशभर ७७ मध्ये चार जिल्ला डेंगुबाट सुरक्षित छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ । सबैभन्दा बढी काठमाडौँमा २ सय ८७ जनामा डेंगु देखिएको छ । यस्तै कास्कीमा १३७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । देशभर २ हजार ३ सय ६५ जनामा डेंगु देखिएको इडीसीडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com