ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमासका नेता इस्माइल हानियाह मारिएपछि मध्यपूर्वमा  तनाव: इरान, सिरिया, लेवनान, टर्की र यमनको बदला लिने चेतावनी


ABC News

 

काठमाडौं १६ साउन: इरानको रिभोलुसनरी गार्ड्स कर्प्सले हमासका सबैभन्दा वरिष्ठ नेतामध्ये एक इमाइल हनियालाई बुधबार इरानलाई लक्षित गरी मारिएको उसले जारी गरेको वक्तव्यमा जनाएको छ । यस घटनाको इरानका सर्वोच्च नेताले बदला लिने प्रतिज्ञा गरेका छन्।

 

हमासले आफ्ना राजनीतिक नेता इस्माइल हानियाह इरानमा इजरायली आक्रमणकारीको हमालबाट मारिएको स्वीकार गरेको छ । तेहरानमा उनी इरानी नयाँ राष्ट्रपतिको सपथ ग्रहण समारोहमा भाग लिइरहेका थिए। इजरायलले मङ्गलबार दक्षिणी बेरुतको हेजबुल्लाहको गढमा आक्रमण गर्दा इरान समर्थित समूहका एक वरिष्ठ कमान्डरको हत्या गरेलगत्तै हनियाहाको हत्या भएको हो । उनलाई इजरायलले गोलान हाइट्समा सप्ताहन्तमा रकेट आक्रमणका लागि जिम्मेवार रहेको बताएको थियो।

‘भाइ, नेता, आन्दोलनका प्रमुख मुजाहिद इस्माइल हानियाहा नयाँ (इरानी) राष्ट्रपतिको सपथ समारोहमा भाग लिएपछि तेहरानमा रहेको उनको मुख्यालयमा भएको जियोनिस्ट हमलामा मारिए’ प्यालेस्टिनी लडाकु समूहले हमासको विज्ञप्तिमा उल्लेख छ ।
इरानको रिभोलुसनरी गार्ड्सले पनि तेहरानमा हनियाहको निवासमा ‘आक्रमण’ भएको र इस्माइल एक अङ्गरक्षकसहित मारिएको भन्दै उनको मृत्युको घोषणा गरेको हो । ‘तेहरानमा हमास इस्लामिक रेजिस्टेन्सको राजनीतिक कार्यालय प्रमुख इस्माइल हानियाहाको निवासमा आक्रमण भएको थियो र यस घटनाको परिणामस्वरूप उनी र उनका एक अङ्गरक्षक शहीद भएका थिए’ इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको सेपाह समाचार वेबसाइटले उल्लेख गरेकोा वक्तव्यमा जनाइएको छ ।

Credit…Office Of The Iranian Supreme Leader, via Reuters

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले हमासका राजनीतिक प्रमुखको हत्यामा इजरायलसँग बदला लिने प्रतिज्ञा गरेका छन् । खुमेनीले इजरायलले ‘आफ्ना लागि कठोर सजाय तयार पारेको’ चेतावनी दिएका छन् । ‘हामी उनको बदला हाम्रो कर्तव्यको रूपमा लिन्छौं’ खुमेनीले आफ्नो आधिकारिक वेबसाइटमा भनेका छन्, हानियाह ‘हाम्रो घरमा प्रिय अतिथि’ थिए।

गार्डहरूले घटनाको कारण तत्कालै स्पष्ट नभएको तर ‘अनुसन्धान भइरहेको’ बताएका छन् । हानियाहा मङ्गलबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शपथ ग्रहण समारोहमा भाग लिन तेहरान गएका थिए। इजरायली सेनाले विदेशी मिडियाका रिपोर्टमा टिप्पणी गर्न अस्वीकार गरेको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले हमासलाई ध्वस्त पार्ने र अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइएका सबैलाई फिर्ता ल्याउने प्रतिज्ञा गरेका छन्।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले हमास प्रमुख इस्माइल हानियाहको हत्या ‘कायरतापूर्ण कार्य’ भएको बताएका छन् । प्यालेस्टिनीहरूलाई इजरायल विरुद्ध एकजुट रहन पनि उनले आग्रह गरेका छन् । ‘प्यालेस्टाइन राज्यका राष्ट्रपति महमुद अब्बासले हमासका नेता इस्माइल हानियाहाको हत्याको कडा निन्दा गर्दै यसलाई कायरतापूर्ण कार्य र गम्भीर बनाएको बताए’, अब्बासको कार्यालयले एक विज्ञप्तिमा जनाइएको छ।’

A handout photo shows Prime Minister Benjamin Netanyahu holding a situational assessment at the Kirya military headquarters in Tel Aviv on July 30, 2024. (Haim Zach/GPO)

A handout photo shows Prime Minister Benjamin Netanyahu holding a situational assessment at the Kirya military headquarters in Tel Aviv on July 30, 2024. (Haim Zach/GPO)

रुसले बुधबार हानियाहको ‘अस्वीकार्य राजनीतिक हत्या’को निन्दा गरेको छ, विदेश मामिला उपमन्त्री मिखाइल बोगदानोभले प्रतिक्रिया दिएका छन् । ‘यो पूर्णतया अस्वीकार्य राजनीतिक हत्या हो, र यसले तनावलाई अझ बढाउनेछ’, बोगदानोभले राज्यद्वारा सञ्चालित आरआइए नोभोस्ती समाचार एजेन्सीसँग भनेका छन् ।

तेहरान-इरानको इस्लामिक क्रान्तिका नेता आयातोल्लाह सैयद अली खमेनीले एक विज्ञप्ति जारी गर्दै तेहरानमा हमासका राजनीतिक प्रमुख इस्माइल हानियाहको हत्याको बदला लिने वाचा गरेका छन्।
तेहरान-इरानको इस्लामिक क्रान्तिका नेता आयातोल्लाह सैयद अली खमेनीले एक विज्ञप्ति जारी गर्दै तेहरानमा हमासका राजनीतिक प्रमुख इस्माइल हानियाहको हत्याको बदला लिने वाचा गरेका छन्।

टर्कीले बुधबार पनि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनको सहयोगी हनियाहाको ‘लज्जाजनक हत्या’ को निन्दा गरेको टर्कीको विदेश मन्त्रालयले विज्ञप्तिमा मार्फत प्रतिक्रिया दिएको छ । ‘तेहरानमा भएको लज्जास्पद हत्यामा हमासको राजनीतिक विभागका नेता इस्माइल हानियाहाको हत्याको हामी निन्दा गर्दछौं’ मन्त्रालयले भनेको छ , ‘यो आक्रमणको उद्देश्य गाजा युद्धलाई क्षेत्रीय आयाममा फैलाउनु पनि हो’।

सिरियाको विदेश मन्त्रालयले हत्याको निन्दा गर्दै इजरायललाई आरोप लगाएको छ । पछिल्लोघटनाले ‘सम्पूर्ण क्षेत्रमा आगो लगाउन सक्छ’ भन्ने चेतावनी दिएको छ। ‘सिरियाले यस स्पष्ट जियोनिस्ट आक्रमणको निन्दा गर्दछ’, मन्त्रालयले हानियाहाको हत्यालाई ‘घृणित कार्य’को रूपमा लिंदै भनेको छ –यो ‘इजरायली इकाईले अन्तर्राष्ट्रिय कानूनको निरन्तर अवहेलना गरेर सम्पूर्ण क्षेत्रमा आगो दन्काउन सक्छ ‘।

‘प्रतिरोधको अक्ष’

अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएदेखि क्षेत्रीय तनाव बढेको छ, सिरिया, लेबनान, इराक र यमनमा इरान समर्थित उग्रवादी समूहहरूमा आक्रोश बढेको छ। हनियाहा खालिद मेशालको उत्तराधिकारीका रूपमा सन् २०१७ मा हमासको राजनीतिक ब्युरोका प्रमुखका रुपमा निर्वाचित भएका थिए। त्यस वर्षको संसदीय चुनावमा हमासको विजयपछि सन् २००७ मा प्यालेस्टिनी प्रधानमन्त्री बनेका उनी पहिले नै एक प्रसिद्ध व्यक्तित्व थिए।

व्यावहारिकतावादी मानिने हनियाहा निर्वासनमा बसे र धेरैजसो समय उनी टर्की र कतारमा विताएका थिए। उनले युद्धको समयमा इरान र टर्कीका कूटनीतिक मिसनहरूमा यात्रा गरेका थिए, उनले टर्की र इरानी दुवै राष्ट्रपतिहरूलाई भेटेका थिए।

हानियाहले हमासका प्रतिद्वन्द्वीहरूसहित विभिन्न प्यालेस्टिनी गुटका प्रमुखहरूसँग राम्रो सम्बन्ध राखेको बताइएको छ। उनी सन् १९८७ मा हमासमा सामेल भएका थिए । जब इजरायली कब्जाका बिरूद्ध पहिलो प्यालेस्टिनी इन्तिफादा वा विद्रोहको प्रकोपको बीचमा यो उग्रवादी समूहको स्थापना भएको थियो, जुन सन् १९९३ सम्म चल्यो।

हमास ‘प्रतिरोधको अक्ष’को एक हिस्सा हो, तेहरान–सम्बद्ध समूहहरू जस्तै लेबनानमा हेजबुल्लाह र यमनमा हुथीहरू इजरायलको विरुद्धमा कट्टर शत्रुका रुपमा रहेका छन्। इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी उद्देश्यलाई लागि आफ्नो विदेश नीतिको केन्द्रबिन्दु बनाएको छ। इरानले हमासको अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको प्रशंसा गरेको छ तर कुनै संलग्नता भने अस्वीकारगर्दै ‘आएको छ ।

एएफीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com