ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकपटक असफल हुँदैमा वाम एकता छाड्ने कुरा हुँदैन : प्रचण्ड


ABC News

 

बामदेवको प्रस्ताव – फेरि सबै कम्युनिष्ट मिलौं

काठमाडौं १२ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक वाम एकता असफल हुँदैमा पुनः कोशिश नगर्ने भन्ने नहुने स्पष्ट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले दुई दलले संविधान संशोधन गर्छु भन्नु शंकाको विषय भएको बताए ।नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी पनि प्रचण्डले दिएका छन् ।

आवश्यक पर्दा सडक र जनताको साथ लिएर जनताको अधिकार खोस्नेगरी हुन लागेको संशोधनको सफल हुन नदिने उनले बताए।

‘हामी जरुरी पर्छ भने सडकमा पलेँटी कसेर भए पनि, जनताको साथमा बसेर भए पनि तीनिहरूको दुस्प्रयास सफल दिन हुँदैन भनेका हौँ,’ उनले भने।

सशस्त्र युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी संविधान संशोधनबाट समाप्त पार्न खोजिएको आशंका गर्दै उनले भने, ‘फेरि जरुरी पर्छ भने सडकमा पलेटी कसेर भए पनि जनताको साथमा बसेर भए पनि त्यसो हुन दिने छैनौं ।’

समानुपातिक पद्धतिमा थ्रेस होल्ड बढाउने चर्चा भएको भन्दै प्रचण्डले नेपालमा दुई पार्टी पद्धति बेठीक हुने बताए । ‘थ्रेस होल्ड बढाएर साना पार्टीलाई निस्तेज बनाउने र तथाकथित दुई पार्टी सिस्टम जो पश्चिमा देशमा चलेको छ, नेपाललाई पनि त्यता लैजान खोजिएको छ ।’

आफू संविधान संशोधन हुनुहुन्न भन्ने पक्षमा नरहेको बरु संविधान संशोधनबाट आदिवासी जनजाति, महिला दलित आदि उत्पीडित समुदायको थप अधिकार ग्यारेन्टी गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले विचौलियाको सेटिङ भत्काउन खोज्दा आफू सरकारबाट बाहिरिनुपरेको पनि टिप्पणी गरे ।

‘मैले दलाल पुँजपपतिहरुको सेटिङको अगाडि आत्मसमर्पण गर्न तयार नभएकै कारण, विभिन्न विचौलियाको सेटिङ भत्काउन गरेको प्रयासकै परिणाम आजको राजनीतिक परिस्थिति हो’, उनले भने ।

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालका सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा उनले मुलुकमा शक्तिशाली कम्युनिस्ट पार्टी चाहिएको उल्लेख गरे । त्यसका निम्ति सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा उनले जोड दिए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायत नेताहरू सहभागी उक्त कार्यक्रममा गौतमले कम्युनिस्ट पार्टी फुट्दै जाँदा समाजवाद निर्माण गर्न नसकिने बताए । सबै कम्युनिस्ट पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो ।
उनले केही कम्युनिस्ट पार्टीबीच भिन्नता भए बसेर हल गर्न सकिने पनि बताए ।

 वामदेव गौतमको भनाइ 
मेरो अनुरोध के छ भने फेरि पनि कम्युनिस्ट पार्टीहरू एकताबद्ध गरौँ । पुष्पलालको जन्मशताब्दी समारोह आयोजना गर्नुको एउटा मुख्य कर्तव्य प्रस्ताव पारित होस् यहाँबाट– अब हामीले पार्टी एकता गर्छौँ, एउटै पार्टी निर्माण गर्ने कोसिस गर्छौँ । जस्तोसुकै मतभिन्नता भएको बेला पनि मिलेर हिँड्न सकिएको छ । यस्ता सभा, समारोहमा भन्नु नभन्नु भने पनि बाहिर गएपछि सँगै बस्ने, हाँस्ने, खेल्ने, चिया खाने गरेका छौँ आजभन्दा अगाडि । अब त्यसो भएर यहाँ हामीलाई एउटा शक्तिशाली कम्युनिस्ट पार्टी चाहिएको छ कि छैन ? शक्तिशाली कम्युनिस्ट पार्टी चाहिएको छ भने कुनै पार्टीबाट निर्णय गरेर त्यो अभियानको रूपमा सञ्चालन गर्नुपर्छ । एउटै पार्टी बन्नुपर्छ । भएको पार्टी फुट्दै जाने, फुट्दै जाने अनि एउटाले समाजवादी क्रान्ति गर्ने, अर्को के क्रान्ति गर्ने ? अर्कोले के क्रान्ति गर्ने हो ? हुन्छ त्यसरी क्रान्ति ? मतभिन्नता छ भने सँगै बसेर हल गर्न सकिन्छ । त्यसो भएर म यहाँ प्रस्ताव राख्छु– तपाईंहरूलाई मन्जुर छ भने अलिखेर तपाईंहरूले उठेर नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नको निम्ति हामीले आज पुष्पलाल प्रतिष्ठानबाट आयोजना गरिएको यो जन्मशताब्दी कार्यक्रममा हामीले एउटा प्रस्ताव पारित गरौँ । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न गर्नेछौँ र एउटै कम्युनिस्ट पार्टी बनाएर समाजवाद निर्माण गर्नेछौँ भनेर एउटा प्रस्ताव तपाईंहरूले पारित गरिदिनुस् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com