ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इथियोपियामा भीषण पहिरो, २२९ जनाको मृत्यु


abc tv

इथियोपिया । इथियोपियाको गोफाको पहाडी क्षेत्रमा भारी वर्षापछि आइतबार साँझ र सोमबार बिहान गएको पहिरोमा परी २२९ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार दक्षिणी इथियोपियामा गएका दुईवटा पहिरोमा परी मृत्यु भएकामध्ये अहिलेसम्म २२९ जनाको शव उद्धार टोलीले निकालेको स्थानीय अधिकारीले बताएका छन्।

गोफा क्षेत्रका प्रशासक डग्मावी आयलेले मृतकमा वयस्क र बालबालिका दुवै रहेको बताएका छन्। बाँचेका १० जनाको अस्पतालमा उपचार भइरहेको छ।

आइतबार भारी वर्षाका कारण पहिरो गएको डग्मावीले बताए। सोमबार प्रहरी अधिकारी र आसपासका मानिसहरू खोजी तथा उद्धारमा जुटेका बेला दोस्रोपटक पहिरो खसेपछि उनीहरू पुरिएका थिए।

‘हामी अझै खन्ने क्रममा छौँ’, उनले भने।

गोफा प्रकोप व्यवस्थापनका प्रमुख मार्कोस मोलासेले अहिलेसम्म २२९ शव निकालिएको बताए।

स्थानीय प्रशासनले बाँचेकाहरूको खोजी तीव्र गतिमा भइरहेको तर मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ।

फुटेजमा सयौँ मानिस घटनास्थलमा जम्मा भई तल फसेका मानिसको खोजीमा माटो खनिरहेको देखिन्छ।

गोफा दक्षिणी इथियोपिया राज्यको हिस्सा हो। यो राजधानी अदिस अबाबाबाट ३२० किलोमिटर दक्षिण(पश्चिममा छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com