ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोसाइँकुण्ड जान नुवाकोटबाट दुई पदमार्ग सञ्चालन


admin

नुवाकोट, १० साउन । जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ ।

काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन् ।

गोसाइँकुण्ड पुग्न पर्यटकीय मार्ग तथा प्रकृतिको सुन्दरतासँग रमाउन चाहनेलाई यसअघिदेखि नै कायम रहेको काठमाडौँको सुन्दरीजलबाट पैदलमार्फत चिसापानी, कुटुङसाङ, भंगिनगोठ, छहरेपाटी, घोप्टेभिरको फेदी हुँदै सूर्यकुण्ड÷गोसाइँकुण्ड पुग्ने पदमार्ग मर्मत तथा व्यवस्थित गरी सञ्चालनमा ल्याएको लाङ्टाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाले जानकारी दिनुभयो ।

सुन्दरीजलबाट विश्राम गर्दै दुई दिनमा गोसाइँकुण्ड पुग्ने यो पदमार्गलाई जनैपूर्णिमाको अवसरमा लाग्ने मेलालाई दृष्टिगत गरी व्यवस्थित गरेर सञ्चालनमा ल्याएपछि तीर्थयात्रीको आगमनसमेत शुरु भइसकेको छ । यो पदमार्ग तीन वर्षदेखि सञ्चालनमा छ ।

Hindu pilgrims walk to sacred Gosainkunda Lake high in the Nepali Himalayas on August full moon. Pic copyright Timothy Allen. http:/humanplanet.com

यस्तै, विदुर नगरपालिका–५ गगटेबाट खरानीटार, समुन्द्रटार, रामती, घ्याङ्फेदी तालुकसेरी हुँदै फेदी निस्केर सूर्यकुण्ड÷गोसाइँकुण्ड पुग्न सक्ने व्यवस्थाको अर्को मार्ग पनि सञ्चालनमा आएको छ ।

स्थानीय होमस्टे समिति, लाङ्टाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका उपसमितिहरु, आमा समूहलगायतसँग समन्वय गरी पदमार्गमार्फत गोसाइँकुण्ड पुग्न सुरक्षित व्यवस्था मिलाएको होटल व्यवसायी सरोकार समितिका सचिव मिङ्मा शेर्पाले जानकारी दिनुभयो ।

सुन्दरीजलबाट नुवाकोट हँदै गोसाइँकुण्ड पुग्न दुई दिन लाग्ने भए पनि नुवाकोटको समुन्द्रटारबाट जाँदा एक दिनको पैदल यात्रामा पुग्न सकिने गरी आवतजावतको व्यवस्था मिलाइएको सरोकार समितिले जनाएको छ । गंगटेबाट ३५ किमी दूरीमा रहेको समुन्द्रटार सवारीसाधनमा नै जान सकिन्छ ।

पैदलमार्फत गोसाइँकुण्ड जाने तीर्थयात्रीका लागि सुरक्षा, खाद्यान्न, पथ–प्रदर्शक, भरिया, औषधि उपचारलगायतको समेत व्यवस्था मिलाएकाले निर्धक्क भएर गोसाइँकुण्ड यात्रा गर्न समितिले आह्वान गरेको छ । तीर्थयात्रीका लागि सुरक्षा बन्दोबस्तमा सुरक्षाकर्मी नियमितरुपमा परिचालन भइरहेको र धुञ्चेबाट एकैपटक ठाडो उकालो लागेर उचाइमा पुग्दा लेक लाग्न सक्ने भएकाले सुन्दरीजलबाट नुवाकोटको घ्याङ्फेदी हुँदै गोसाइँकुण्ड जाँदा उकालो क्रमशः चढ्दै जाने हुँदा यो मार्ग स्वास्थ्यका दृष्टिकोणले समेत उपयुक्त मार्गका रुपमा रहेको स्थानीय व्यवसायीले बताएका छन् ।

समुन्द्रटार पदमार्ग सञ्चालनमा आएको तीन वर्ष र सुन्दरीजल पदमार्ग सञ्चालनमा आएको दुई वर्ष भएको छ । उक्त मार्ग हुँदै पहिलो वर्ष विसं २०७१ मा दुई हजार, २०७२ मा तीन हजार र २०७३ मा पाँच हजार तीर्थयात्री गोसाइँकुण्ड गएकाले यसवर्ष १० हजार तीर्थयात्रीलाई लक्षित गरी खाना, खाजा तथा बास बस्ने व्यवस्था, भरिया, पथ–प्रदर्शकलगायतको बन्दोबस्ती मिलाइएको होटल व्यवसायीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com