ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘त्रिविका नियुक्तिमा भागबन्डा नगर’ : पूर्व रेक्टर समूह


ABC News

 

काठमाडौँ २० बैशाख । त्रिभुवन विश्वविद्यालयका पूर्व रेक्टर (शिक्षाध्यक्ष) हरुले नवनियुक्त रेक्टर खड्ग केसीलाई नियुक्तिमा भागबन्डा नगर्न सुझाव दिएका छन् ।विगतमा उपकुलपति, रेक्टर, रजिष्ट्रार, डिन, क्याम्पसरविभागिय प्रमुख, सहायक डिन, सहायक क्याम्पस प्रमुख नियुक्तिमा राजनीतिक दलले भागबन्डा गरेर विश्वविद्यालयको स्तर विगारेको प्रति उनीहरुले सचते गराएका छन् ।

रेक्टर कार्यालयले शुक्रबार पूर्वरेक्टरहरुलाई सम्मानसहित अनुभव आदान प्रदान कार्यक्रम गरेको थियो । कार्यक्रममा पूर्वरेक्टरहरुले भागबन्डा रोक्न उपकुलपति, रेक्टर र रजिष्ट्रार एक ठाउँमा उभिनुपर्ने समेत बताए । विगतमा फरकरफरक पार्टीबाट उपकुलपति, रेक्टर, रजिष्ट्रार नियुक्ति हुने गरेकाले पनि मातहतको निकायमा भागबन्डा हुने गरेको उनीहरुको तर्क थियो । यसपाली उपकुलपति केशरजंग बरालले आफ्नो टिम आफैँ बनाउने भन्दै रेक्टर र रजिष्ट्रार नियुक्त गरेका थिए । उपकुलपतिको टिमले मिलेर काम गरे भागबन्डा रोकिने पूर्व रेक्टरहरुले सुझाव दिए ।

पूर्वरेक्टर प्रेमराज पन्त ९२०५५–२०५९० ले त्रिविलाई पुरानै मर्यादामा फर्काउन आवश्यक रहेको औंल्याए । ‘त्रिवि खस्कियो भनेको सुन्दा दुख लाग्छ । अब गुमेको साख फिर्ता ल्याउनुपर्छ,’ उनले भने । राजनीतिक भागबन्डा रोकेर पठनपाठन र अनुसन्धानको गुणस्तरमा ध्यान दिनसके त्रिवि पहिले कै अवस्थामा फर्कनसक्ने उनले बताए । पढाई खस्केको हो कि होइन भन्ने परीक्षण गर्न एकेडेमिक अडिट गर्न उनले नवनियुक्त रजिष्ट्रार खड्ग केसीलाई सुझाव दिए ।

‘कतिपय विभागमा विद्यार्थी नभएको सुनेको छु । २र३ वटा विभाग मिलेर पनि डिग्री चलाउन सक्छन् । राज्यको आवश्यकताअनुसार विश्वविद्यालयले समयसापेक्ष पाठ्यक्रम बनाउन सक्नुपर्छ,’ पन्तले भने । पूर्वरेक्टर गुणनीधि न्यौपानेले उपकुलपति, रेक्टर र रजिष्ट्रार एक भएर काम गर्न सके विश्वविद्यालय सुधारको सुरुवात हुनसक्ने जनाए । ‘उपकुलपति राजनीतिक दबाबका बीच पनि रेक्टर र रजिष्ट्रार नियुक्तिमा भागबन्डा रोक्न सफल हुनुभएको छ । यो नै विश्वविद्यालय सुधारको संकेत हो । यसलाई निरन्तरता दिनुपर्छ ।’ यसपटक उपकुलपति बरालले आफ्नै सिफारिसमा रेक्टरमा केसी र रजिष्ट्रारमा केदार रिजाललाई नियुक्त गरेका थिए ।

न्यौपानेले त्रिवि भित्रकै राजनीतिक पार्टी सम्बद्ध प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठनले नियुक्तिमा भाग खोज्दै दुःख दिने गरेको अनुभव सुनाए । ‘त्रिवि ऐन नियमले चिनेकाभन्दा नचिनेका भातृ संघरसंगठनले भागबन्डा खोज्दै काममा अवरोध गर्न खोज्छन्,’ उनले भने, ‘यसमा पदाधिकारीले सम्झौता गर्नु हुँदैन । संगठनकोभन्दा विश्वविद्यालयको स्वार्थ हेरेर पदाधिकारीले निर्णय गर्न सक्नुपर्छ ।’

उनले नतिजा प्रकाशन गर्न परीक्षा सकिएको ३ देखि ४ महिना भन्दाबढी समय लगाउन नहुने सुझाव दिए । अहिले परीक्षा नियन्त्रण कार्यालयले एक वर्षसम्म पनि नतिजा प्रकाशन गर्न नसक्दा आलोचना हुँदै आएको छ । नतिजा प्रकाशन गर्न १८ महिनासम्म लाग्ने गरेको छ । पूर्व रेक्टर न्यौपानले समयमा पढाई, परीक्षा र नतिजा प्रकाशन गर्न सकेमात्र त्यसपछि गुणस्तरको कुरा आउने जनाए ।

पूर्वरेक्टर सुधा त्रिपाठीले विगतमा भागबन्डाकै कारण उपकुलपति, रेक्टर र रजिष्ट्रारबीच बिबाद र झगडा हुने तितो पोखिन् । उनले भनिन्, ‘हिजो हामी पनि कांग्रेस, एमाले, माओवादीको भागबन्डामा आएका थियौं ।, अरु बिषयमा हाम्रो कुरा मिल्थ्यो । जब नियुक्तिको कुरा आयो । तेरो मेरो भनेर झगडा भईहाल्थ्यो ।’ त्रिपाठी रेक्टर हुँदा उपकुलपति तीर्थराज खनियाँसँग उनको बोलचाल समेत बन्द हुने अवस्था आएको कर्मचारीहरु बताउँछन् । उनले पार्टी, संगठनभन्दा पनि प्रणालीबाट विश्वविद्यालय मातहतका निकायमा पदाधिकारी नियुक्तिको पद्दती बसाल्न सल्लाह दिईन् ।

पूर्वनिमित्त रेक्टर भार्गव धितालले त्रिविका प्राध्यापक कर्मचारीको अनुशासनमा समस्या रहेकाले नवनियुक्त पदाधिकारीहरु त्यसबाट जोगिनुपर्ने सुझाव दिए । ‘प्रायस् प्राध्यापक, कर्मचारी विश्वविद्यालयभन्दा पनि आफू आबद्ध पार्टी र संगठनसँग उत्तरदायी छन् । भनसुनका लागि प्रधानमन्त्रीसम्म पुग्ने प्रवृत्ति मौलाएको छ,’ उनले भने । उनले नवनियुक्त पदाधिकारीले नेतृत्व लिएर भागबन्डामा नियुक्ति हुने प्रवृत्ति निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

‘प्राध्यापक हुने उमेर, क्षमता र योग्यता भएकाहरु विश्वविद्यालयमा विद्यार्थी नेता बनेर डुलिराखेका छन्,’ धितालले भने, ‘तिनै विद्यार्थी नेता डिन, सहायक डिन, क्याम्पस प्रमुख बनाउन दबाब दिन आउँछन् ।, रेक्टर, रजिष्ट्रार, भिसीलाई धम्की दिन्छन् भागेर हिँड्नुपर्ने अवस्था छ ।’

उनले समयमा पढाई, परीक्षा र नतिजा प्रकाशन हुने व्यवस्था मिलाउन सुझाव दिए । ‘नतिजा प्रकाशन ड्राइभरले गाडी नचलाउँदा रोकिएको हो । अरुले जति धकेलेपनि ड्राइभरले नचलाएसम्म गाडी अघि बढ्दैन,’ त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई व्यंग्य गर्दै उनले भने । रेक्टर केसीले देश, बाजर, संस्कार, संस्कृति र परम्परालाई समेत मध्यनजर गरेर पाठ्यक्रम परिमार्जन गर्दै जाने प्रतिबद्धता जनाए । कार्यविधि बनाएर नियुक्तिमा भागबन्डा रोक्ने गृहकार्य भईरहेको उनले बताए ।

रेक्टर कार्यालय मातहतको अनुसन्धान, अनुगमन र समकक्षता निर्देशनालयको चिरफार गरेर अपरेशन गर्ने तयारीमा रहेको उनले सुनाए । ‘समकक्षतामा सँधै लफडा आउने गरेको छ । शिक्षा मन्त्रालयसँग मिलेर समकक्षताको समस्या सँधैलाई रोक्छौं ।, अनुगमनलाई चुस्त बनाउने गरी काम हुन्छ,’ उनले भने, ‘त्रिविमा कि अनुसन्धान निर्देशनालयलाई शक्तिशाली बनाइन्छ ।, कि अनुसन्धान केन्द्रहरु शक्तिशाली हुन्छन् ।, अहिले कै अवस्था रहँदैन् ।’ कार्यक्रममा पूर्वरेक्टरहरुलाई उपकुलपति बरालले सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com