ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगीको आरोपमा क्याम्पसका सहप्राध्यापक पक्राउ


abc tv
२३ माघ २०८०, मंगलबार   २ : २८   बजे

पोखरा । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गरेको अभियोगमा प्रहरीले पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई पक्राउ गरेको छ ।

सहकारी ठगी अभियोग लागेपछि फरार रहेका भण्डारीलाई प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित डेराबाट सोमबार राती पक्राउ गरेको हो ।

भण्डारीलाई मंगलबार जिल्ला अदालत कास्कीमा हाजिर गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।

उनले सहकारीबाट १ करोड ५१ लाख रुपैयाँ बढी कारोबार गरेको, राष्ट्र बैंकले दिएको सिमा नाघेर एकै दिन अत्याधिक कारोबार गरेको, सहकारीलाई चर्को ब्याजमा ऋण दिने गरेकोलगायत आरोप छ।

सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले दिएको बयानमा सहकारीको रकम अपचलन गर्न भण्डारीले सहयोगी भूमिका खेलेको आरोप लगाएका थिए।

मित्र मिलन सहकारीमा बचत जम्मा गरेका ३ हजार ४ सय ४६ जना बचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार रुपैयाँ अपचलन गरेको पोखरा महानगरको छानबिन प्रतिवेदनमा उल्लेख छ।

सहकारी ठगी आरोपमा जिल्ला अदालत कास्कीले ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि हालसम्म भण्डारीसहित ८ जना पक्राउ परेका छन्। बाँकी फरार छन्।

मित्रमिलन सहकारीको स्याङ्जामा सेवा केन्द्र स्थापना गर्दा १ करोड ५ लाख रुपैयाँ घुस लिएको भन्दै तत्कालीन सहकारी रजिष्टार एवं कुश्मा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत उदयबहादुर बहादुर पराजुली, सहकारीका अध्यक्ष पौडेल, प्रमुख कार्यकारी अधिकृत अधिकारीलगायत पूर्पक्षका लागि थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu