ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई नयाँ खोप थपिदै


admin

काठमाडौँ, ६ साउन । सरकारले यसै वर्षबाट ‘रोटा भाइरस’ र पोलियो विरुद्वको खोप ‘एफआइपिभि’ थप्ने तयारी गरेको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा खोप शाखाका अधिकृत वसन्त श्रेष्ठले आगामी मङसिरसम्ममा दुईवटा खोप कार्यान्वयनमा ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘‘ पहिले पोलियो विरुद्व आएपिभि खोप दिँदै आएकमा विश्वमै त्यसको अभावका कारण नयाँ एफआइपिभि खोप सुरु गर्न लागिएको हो ।’’
आइपिभि खोप १४ महिना उमेरका बालबालिकलाई लगाइन्थ्यो भने नयाँ खोप छ हप्ता र १४ महिनाको उमेरमा गरी दुई पटक लगाउनुपर्छ ।

‘ग्लोबल एलाइन्स फर भ्याक्सिन’ एण्ड एमिनाइजेसन (गाभी)को सहयोगमा दुबै खोप सुरु गर्न लागिएको हो । नेपालमा बालबालिकालाई लगाइने ११ प्रकारका खोपमा पनि गाभीले ७० प्रतिशत सहयोग गर्दैआएको छ ।

झाडापखाला विरुद्वको खोप रोटा भाइरस पनि यसै वर्षबाट कार्यान्वयनमा ल्याउने तयारी गरिए पनि खोप ल्याएर राख्ने स्टोर कोल्ड चेन तयार नभएको अधिकृत श्रेष्ठले बताउनुभयो ।

सन् २०१६ मा नै रोटा भाइरसको खोप सञ्चालनमा ल्याउने भनिए पनि व्यवस्थापकीय तयारी नहुँदा ढिलाइ हुँदैआएको छ । सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिकालाई ११ वटा खोप निःशुल्क उपलव्ध गराउँदै आएको छ ।
देशका ८७ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा रहेको भनिए पनि २०१६ मा गरिएको सर्वेक्षणमा ७८ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा रहेको तथ्याङ्क छ ।

अहिले पनि १०० जनामा १० बालबालिकाले कुनैपनि खोप पाएका छैनन् । त्यसैगरी ६६ हजार बालबालिका खोपको पहुँचमा पुगेपनि सबै खोप नपाउने अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले आगामी तीन वर्षभित्र कलेरा र टाइफाइडविरुद्व खोप भित्र्याउने तयारी गरिहेको बताउनुहुन्छ ।

राष्ट्रिय खोप कार्यक्रम नेपालका बालबालिकालाई खोपको पहुँचमा पु¥याई देशलाई खोपको अभावका कारण हुने मृत्युदर रोक्ने महत्वपूर्ण तथा प्रभावकारी कार्यक्रम बन्दै आएको छ ।

विश्व स्वास्थ्य सङ्गगठनले २४ प्रकारका खोपलाई सूचिकृत गरेपनि नेपालमा ११ प्रकार खोप मात्र उपलब्ध छ । खोप कार्यक्रम नेपालको सफल स्वास्थ्य कार्यक्रममध्येको एक हो । छ लाख ६० हजार बालबालिकाका लागि दिइने निःशुल्क खोपका लागि वार्षिक रुपमा रु दुई अर्ब खर्च हुँदै आएको छ । यसमा प्रत्येक बालबालिकालाई रु पाँच हजार खर्चहुन्छ ।

रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com