ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती


admin

नवलपरासी, ६ साउन । दुवै देशको सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ ।

नवलपरासीको गुठीप्रसौनीको सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती गरिएको हो ।

सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट गुठी प्रसौनीले जनाएको छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट गुठी प्रसौनी र सशस्त्र सीमा बल एसएसबी झुलनीपुरले संयुक्त गस्ती गरेका छन् ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी प्रसौनीका सशस्त्र प्रहरी निरीक्षक पदमबहादुर पुनको नेतृत्वमा रहेको गस्ती टोली र सशस्त्र सीमा बल एसएसबी झुलनीपुरको सशस्त्र प्रहरी निरीक्षक गजेन्द्रसिंहको नेतृत्वमा रहेको संयुक्त गस्ती टोलीले सो गस्ती गरेको हो ।

संयुक्त गस्ती टोलीमा नेपाल सशस्त्र प्रहरीबाट ११, सशस्त्र सीमा बल एसएसबीबाट पाँच र नेपाल प्रहरीबाट तीनजना सुरक्षा कर्मीको संयुक्त सहभागिता रहेको थियो ।

तालाबन्दीपछि सेवाग्राही मर्कामा

नवलपरासीको कावासोती नगरपालिकामा जनप्रतिनिधिले नै अनिश्चितकालीन तालाबन्दी गरेपछि सेवाग्राही मर्कामा परेका छन् ।

आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम एकलौटीरुपमा ल्याइएको आरोप लगाउँदै नौवटा वडाध्यक्षले संयुक्तरुपमा चार दिनदेखि कार्र्यालयमा तालाबन्दी गरेका कारण कामकाज प्रभावित हुन पुगेको हो ।

विशेषगरी तालाबन्दीका कारण कार्यकारी अधिकृत शाखा र लेखा शाखाबाट हुने सबै काम प्रभावित बनेका छन् । प्रमुख, उपप्रमुख बहुमतका आधारमा आव २०७४÷७५ को वार्षिक नीति बजेट तथा कार्यक्रम एकलौटी ढंगबाट पारित गरेको नौवटा वडाका वडाध्यक्षले आरोप लगाउँदै तालाबन्दी गरेका हुन् ।

प्रमुख र उपप्रमुखले आफूहरुको सल्लाहबिना बजेट तथा कार्यक्रम सार्वजनिक गरेको प्रति असहमति प्रकट गर्दै तालाबन्दी गरिएको कावासोती नगरपालिका वडा नं ३ का वडाध्यक्ष अमृत श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com