ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा पनि ‘बक्स अफिस’ लागू गरिदै


admin
माघ १९, २०७४ शुक्रबार  ७ : ०७ बजे

काठमाडौँ, १९ माघ । सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको छ ।

चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले राख्दै आएको माग पूरा हुने भएपछि काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स चलचित्र हलमा सो प्रणाली लागू हुने भएको हो ।

चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले आज सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई भेटी सो सिस्टमलाई चलचित्र घर र सेन्ट्रल सर्भरसँग लिंक गर्न आवश्यक पर्ने इन्टरनेट सेवा जडानका लागि नेपाल टेलिकमलगायतका अन्य इन्टरनेट सेवा प्रदायकलाई निःशुल्कमा र्वाटर सिस्टममा जडान गर्ने व्यवस्था गर्नुपर्नेलगायत विभिन्न माग गरेका थिए ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स चलचित्र घरमा, दोस्रो चरणमा काठमाडौँ उपत्यकामा रहेका अन्य चलचित्र घरमा र अन्तिम चरणमा २०७५ माघ १ गतेदेखि उपत्यका बाहिर सञ्चालनमा रहेका चलचित्र घरमा सो प्रणाली लागू गरिने छ ।

बक्स अफिस सिस्टम लागू गर्न सहमत भएसँगै चलचित्र व्यवसायीले सो सिस्टमलाई चलचित्र घर र सेन्ट्रल सर्भरसँग लिंक गर्न आवश्यक पर्ने इन्टरनेट सेवा जडानका लागि नेपाल टेलिकमलगायतका अन्य इन्टरनेट सेवा प्रदायकलाई निःशुल्कमा र्वाटर सिस्टममा जडान गर्ने व्यवस्था गर्नुपर्नेलगायत विभिन्न माग गरेको छन् ।

सो अवसरमा सञ्चारमन्त्री बस्नेतले चलचित्रको जाँच गर्ने सन्दर्भमा नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघकोतर्फबाट केन्द्रीय चलचित्र जाँच समितिमा एक÷एक जना प्रतिनिधिलाई आमन्त्रित सदस्यका रूपमा आमन्त्रण गर्न आफू सहमत भएको बताउनुभयो ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले ‘बक्स अफिस म्यानेजमेन्ट सिस्टम’ लागू भएपछि चलचित्र व्यवसायबाट प्राप्त हुने व्यावसायिक शेयर, कर तथा शुल्कमा पारदर्शी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com